काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (आइतबार) ल्याउँदै छ। प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरिने भएको हो ।
दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
प्रदेश सरकारले समावेशी, समानुपातिक सिद्धान्त र भूगोलका आधारमा कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको भनाइ छ।
प्रिबजेट छलफलका बेला नै एमालेले कुरा राखेको र सरकारले यसको बेवास्ता गर्दै एकपक्षीय ढंगले नीति तथा कार्यक्रम ल्याए आफूहरुले नमान्ने एमाले बागमती सचेतक मधुसूदन पौडेलले बताए।