Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

साना किसान सहकारी दारेचोकका सदस्यहरुलाई वित्तिय साक्षरता तालिम

साना किसान सहकारी दारेचोकका सदस्यहरुलाई वित्तिय साक्षरता तालिम

साना किसान सहकारी दारेचोकका सदस्यहरुलाई वित्तिय साक्षरता तालिम
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड दारेचोकले आफ्ना सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम तालिम दिएको छ । संस्थाको इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेका सदस्यहरुलाई वित्तिय कारोबारका बारे जानकारी दिने उद्देश्यका साथ संस्थाले शुक्रबार एक दिने बित्तीय साक्षरता तथा अन्तर समुह सुदृढिकरण तालिम सञ्चालन गरेको हो ।

images
images

संस्थाको अन्तर सूमह ५ नम्बरका अध्यक्ष मिन बहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक समिति सदस्य डम्बर बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यस्तै संस्थाका अध्यक्ष बलराम त्रिपाठी र प्रबन्धक रामजी नेपाल क्षेत्रीले तालिममा सहजिकरण गरेका थियो।

कार्यक्रममा ३२ जना सदस्यहरु सहभागी रहेको साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक रामजी नेपाल क्षेत्रीले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - १२:०३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology