Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्दे गाँउपालिकाद्धारा ३ दिने मौरीपालन तालिम सम्पन्न

म्याग्दे गाँउपालिकाद्धारा ३ दिने मौरीपालन तालिम सम्पन्न

इच्छाकामना न्युज

२९, बैशाख २०८०
म्याग्दे गाँउपालिकाद्धारा ३ दिने मौरीपालन तालिम सम्पन्न
images

तनहुँ । ३ दिने मौरीपालन सम्वन्धी तालिम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको कृषि शाखाद्धारा आयोजित तालिमा पालिका भरका कृषकहरुलाई मौरीपालन सम्वन्धि तालिम दिईएको हो । 

images
images

कृषि शाखाको आव ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत मौरीपालन तालिम दिईएको हो । कार्यक्रमको समापन गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकालाई समृद्ध वनाउन कृषि र उत्पादनमा लाग्नुपर्ने वताउदै पालिका जनताको समृद्धीका लागी लागिपरेको वताउनुभयो । 

सिप सिकाईले आत्मानिर्भर वनाउने हुदाँ सवैजना सवल वनेमा आर्थिक रुपमा पनि सढृढ हुने अध्यक्ष श्रेष्ठले वताए । मौरीको मह उत्पादन गर्न सकेमा वजारीकरणको समस्या नहुने र राम्रो आम्दानी पनि गर्न सकिने हुदाँ यसको व्यवहारिक ज्ञान सगै कार्यन्वयन पनि गर्नुपर्ने अध्यक्ष श्रेष्ठले वताए । 

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे आत्मानिर्भर वन्नुका लागी उत्पादनको विकल्प नभएको वताउनुभयो । उत्पादन विना आर्थिक रुपमा सवल वन्न नसकिने हुदाँ श्रमप्रतिको सम्मान र कृषि तथा उत्पादनमा जोड दिनुपर्ने वताए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितराज राना, वडाध्यक्ष लगायतले धारणा राखेका थिए पनि कृषि शाखाका प्रमुख रुक्मणि घिमिरेले कार्यक्रमको संचालन गरेका थिए । 

images
प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १२:०१:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology