Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

प्रदेश सरकार नरहे यो व्यवस्था पनि रहँदैनः मुख्यमन्त्री शालिकराम जम्कट्टेल

प्रदेश सरकार नरहे यो व्यवस्था पनि रहँदैनः मुख्यमन्त्री शालिकराम जम्कट्टेल

images

इच्छाकामना न्युज

२९, बैशाख २०८०
प्रदेश सरकार नरहे यो व्यवस्था पनि रहँदैनः मुख्यमन्त्री शालिकराम जम्कट्टेल
images

नुवाकोट । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयताको पक्षमा बोल्न र लड्न पर्ने प्रदेश सरकार भएको बताएका छन् । ‘अब यो संघीयताको पक्षमा बोल्न पर्ने र लड्न पर्ने प्रदेश सरकार भएको छ,’ उनले भने, ‘संघीयता नमान्ने पक्ष पनि छन्, संविधान र यो व्यवस्था नमान्नेहरु पनि छन् । कतिपय जनअपेक्षाअनुसार काम गर्न नसक्दा पनि ती प्रश्नहरु उठिराखेका छन् ।’

पत्रकारसँग बोल्दै मुख्यमन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकार नरहने हो भने यो संघीयता नै रहँदैन, यो व्यवस्था रहँदैन ।’ उनले स्थानीय तह पनि अहिले रुपमा नरहने दाबी गरे । अहिले स्थानीय र संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले भने, ‘अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले महत्वपूर्ण निर्णयहरु, प्रदेशसँग समन्वय र सम्बन्धहरु भैराखेको छ ।’

प्रदेश सरकार शिक्षा र स्वास्थ्यमा केन्द्रित रहेको उनको भनाइ छ । कृषि क्षेत्रको लगानी बढाउन र रोजगारी दिन प्रदेश सरकारले व्यक्तिलाई अनुदान नदिने, कागजी फर्महरुलाई अनुदान रोक्ने उनले बताए । रासायनिक मलको लागि आफू मुख्यमन्त्री भएपछि कोटा बढाएको र जिटुजी मोडलबाट जान खोजिएको उनले बताए ।

नुवाकोटको शिखरबेसीको समुद्रफिनी धानलाई स्थानीय तहबाट प्रस्ताव आएमा प्रदेश सरकारले हेर्ने बताए ।

 
 

images
प्रकाशित मिति :बैशाख २९, २०८० शुक्रवार - १०:१२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology