Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सोध्यो स्पष्टीकरण 

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सोध्यो स्पष्टीकरण 

images

सिआईएन

६, माघ २०७७
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सोध्यो स्पष्टीकरण 
images

काठमाण्डौ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलेप्रधानमन्त्री केपीशर्मा ओलीलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोधेको पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाबुझाएका छन्  । 
संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनिअनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको र सोहीअनुसार साधारण सदस्यबाट पनि हटाउने गरि गरेको निर्णय बालुवाटारमा बुझाएको नेता सुरेन्द्र पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो । 
नेकपाका दुबै पक्षका नेताहरुले आ–आफ्ना पक्षका नेता कार्यकर्तालाइ भेट्ने र प्रशिक्षण दिने काम गरिरहेका छन् । दैनिकजसो हुने छुट्टा, छुट्टै बैठक तथा भेलालाइ सम्बोधन गर्दै दुबै पक्षका नेताहरुले एक अर्काको आलोचना गर्दै आइरहेका छन् । हिजो आफ्नो समूह निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेलाआएको बताउनुभयो । सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै उहाँले पार्टीका नेताकार्यकर्तालाई जनतामा जान आग्रह गर्नुभयो । 

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०९:५६:०५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology