Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको चण्डेश्वरी आधारभुत विद्यालयमा गाँउपालिका अध्यक्ष शुक्र चुमान सँगै विद्यार्थीले रोपे अदुवा र हलेदो

आँबुखैरेनीको चण्डेश्वरी आधारभुत विद्यालयमा गाँउपालिका अध्यक्ष शुक्र चुमान सँगै विद्यार्थीले रोपे अदुवा र हलेदो

पत्रपत्रिका

१८, बैशाख २०८०
आँबुखैरेनीको चण्डेश्वरी आधारभुत विद्यालयमा गाँउपालिका अध्यक्ष शुक्र चुमान सँगै विद्यार्थीले रोपे अदुवा र हलेदो
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सीपयुक्त र व्यवहारिक शिक्षा प्रदान गर्न पढ्दै कमाउँदै कार्यक्रम अगाडि ल्याएको छ । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं. ४ आमडाँडावेशी स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अदुवा र हलेदो खेतीको प्रत्यक्ष सहभागिता मुलक शिक्षा प्रदान गरिएको छ । विद्यालयले गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको सहभागितामा आइतबार विद्यालय पोशाकमै विद्यार्थीहरूलाई अदुवा र हलेदोको विऊ रोप्ने कार्यमा सहभागि गराएको छ ।

images
images

विद्यालय पोशाकमै विद्यार्थीहरू निकै उत्साहका साथ सहभागि भएका थिए । विद्यार्थीहरू कोही बारी खन्दै गरेका, कोही जोत्दै गरेका र कोही अदुवा र हलेदोको बिउ छुट्टाउँदै गरेको दृष्य निकै आकर्षक देखाएको थियो । गाउँपालिकाले ‘पढ्दै कमाउदै कार्यक्रम’ अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई उक्त कार्यमा सहभागि गराएको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले बताए । विद्यार्थीहरूसंगै गाउँ पालिकाका अध्यक्ष शुक्र चुमान सहभागि समेत भएका थिए । उनि पनि विद्यार्थीसंगै अदुवा र हलेदोको बिउ छुट्टाउदै र बारीमा खनजोत गरी विऊ रोप्ने काममा सहभागि भएका थिए ।

अध्यक्ष चुमानले भने– ‘विद्यालय स्तरका बालबालिकाहरूलाई सीपयुक्त शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै र कमाउँदै कार्यक्रम अगाडि ल्याएका छौं । यो कार्यक्रमले पक्कै पनि शिक्षित युवाहरू वेरोजगार बन्नुपर्दैन होला ।’ 

‘विद्यार्थीहरूलाई सीपयुक्त र आत्मनिर्भर बन्ने शिक्षा दिनुपर्छ’ उनले भने– ‘सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसंग, सीपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्य लिएका छौ ।’

यस कार्यक्रम अन्तर्गत करिब २ रोपनी क्षेत्रफलमा १७५ किलोग्राम अदुवा र १६५ किलोग्राम हलेदो रोपिएको विद्यालयका प्रधानाध्यापक ढकालले बताए ।
पालिका अन्तर्गतका अन्य विद्यालयहरूमा पनि उपलब्ध जग्गा, विद्यालय तथा अभिभावकको माग तथा कृषि शाखा प्रमुखको अध्ययन प्रतिवेदन बमोजिम यस्ता खाले कार्यक्रम क्रमशः सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएका छन्।

उक्त कार्यक्रममा वडा नं। ४ की वडाअध्यक्ष मिलन भुजेल, गाउँपालिकाका कृषि विकास शाखाका कर्मचारीहरू, व्यवस्थापन समितिका सदस्यहरूको समेत सहभागिता रहेको थियो । आजको भञ्ज्याङ्ग दैनिकबाट

images
प्रकाशित मिति :बैशाख १८, २०८० सोमवार - ०९:०९:५५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology