Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भट्टराईलाई जिताउन समाजवादीका नेता तथा सांसद श्रेष्ठ  दमौलीमा

भट्टराईलाई जिताउन समाजवादीका नेता तथा सांसद श्रेष्ठ  दमौलीमा

इच्छाकामना न्युज

३, बैशाख २०८०
भट्टराईलाई जिताउन समाजवादीका नेता तथा सांसद श्रेष्ठ  दमौलीमा
images

दमौली । लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन नेपाली कांग्रेसका अतिरिक्त अन्य पाटीका नेताहरु समेत तनहुँमा आएका छन् । केन्द्रीय स्तरका नेताहरुको आवागमनले तनहुँ–१ को उपनिर्वाचन रोचक बनेको छ । भट्टराईको चुनावी प्रचारको लागि नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ  किसान आईतबार  दमौली आउनु भएको छ । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई  जिताउन जिम्मेवारी दिएर खटाए अनुसार तनहुँ आएको श्रेष्ठले जानकारी दिनुभयो ।

images
images

‘‘म अब चुनाव सम्म तनहुँ बस्छु र त्यसविचमा तनहुँका धेरै ठाउँमा पुग्छु’’ सांसद श्रेष्ठले भन्नुभयो । गठवन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवार लाई श्रेष्ठले घर साङ्लेले  र बन साङ्लेको संज्ञा दिँदै भट्टराईले जित्ने दावी गर्नुभयो । श्रेष्ठ तनहुँ क्षेत्र नं १ का निर्वमान सांसद श्रेष्ठ हाल बाराबाट निर्वाचित सांसद हुनुहुन्छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - २१:३७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology