Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाको बेरुजु १ करोड ३५ लाख, अघिल्लो आवमा भन्दा ६ लाख कम

इच्छाकामना गाउँपालिकाको बेरुजु १ करोड ३५ लाख, अघिल्लो आवमा भन्दा ६ लाख कम

चित्र बहादुर गुरुङ

२, बैशाख २०८०
इच्छाकामना गाउँपालिकाको बेरुजु १ करोड ३५ लाख, अघिल्लो आवमा भन्दा ६ लाख कम
images

कुरिनटार । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा चितवनको इच्छाकामना गाउँपालिकाको बेरुजु १ करोड ३५ लाख ५ हजार देखिएको छ । महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८।०७९ मा उक्त रकम गाउँपालिकाको बेरुजु देखिएको हो ।

images
images

महालेखाले आव २०७८।०७९ गाउँपालिकामा १ अर्ब ३३ करोड ७३ लाख १४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १.०१ प्रतिशत अर्थात १ करोड ३५ लाख ५ हजार बेरुजु देखाएको हो । यो रकम अघिल्लो आर्थिक वर्ष २०७७।०७८ मा १ करोड ४१ लाख १८ हजार रुपैयाँ देखिएको थियो । जसअनुसार अघिल्लो आवमा भन्दा पछिल्लो आवमा करिब ६ लाख कम बेरुजु देखिएको हो।

जिल्लाको ७ पालिका मध्य कम बेरुजु हुनेमा इच्छाकामना पाँचौ स्थानमा छ । सबैभन्दा कम बेरुजु भरतपुर महानगरपालिकामा देखिएको छ भने सबैभन्दा बढि माडी नगरपालिकामा देखिएको छ । 

images
प्रकाशित मिति :बैशाख २, २०८० शनिवार - १२:०६:४४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology