Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

को हुन् डा. स्वर्णिम वाग्ले ? किन बढ्दैछ उनको क्रेज ?

को हुन् डा. स्वर्णिम वाग्ले ? किन बढ्दैछ उनको क्रेज ?

images

इच्छाकामना न्युज

२८, चैत्र २०७९
को हुन् डा. स्वर्णिम वाग्ले ? किन बढ्दैछ उनको क्रेज ?
images

विश्वमै चर्चित व्यक्तित्व डा. स्वर्णिम वाग्ले यतिबेला चुनाबि मैदानमा छन् । अर्थबिद् डा. वाग्ले तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टिको 'घण्टी' चुनाव चिन्ह लिएर आएका उम्मेदवार हुन् । डा. स्वर्णिम वाग्ले देश भित्र मात्र होइन अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याति प्राप्त व्यक्ति हुन् । देशको लागी चाहिने एक व्यक्ति यतिबेला उपनिर्वाचनको लागि घर दैलो कार्यक्रम गरि आफूलाइ र आफ्नो भिजनलाइ आम मानिस माझ पुर्याउन लागि परिरहेका छन् ।
 
विस्वले चिनेको अर्थशास्त्रका ज्ञाता तथा स्वच्छ छबि भएका डा वाग्ले अद्भुत क्षमता भएका व्यक्ति हुन् । डा. वाग्ले २०४६ सालको एस एल सि मा बोर्ड सेकेन्ड भएका थिए भने उनले विश्वबिख्यात लण्डन स्कुल अफ इकोनोमिक्स , हावर्ड विश्व बिधालय अमेरीका एवं अष्ट्रेलियन नेशनल विश्वबिधालय अष्ट्रेलिया बाट उच्च शिक्षा हासिल गरेका व्यक्ति हुन् । उनले सयुक्त राष्ट्र संघ जस्ता विश्वविख्यात सस्थाहरुमा काम गरिसकेका छन् भने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष , सर्वार्णिङ बिकाश अध्ययन केन्द्रको बर्तमान अध्यक्षका साथै काठमाण्डौ विश्वबिधालयको सिनेटरको रुपमा अनुभबि व्यक्ति हुन् । केहि दिन अघि एक आमसभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टि सभापति रबि लामिछानेले पनि यदि डा। वाग्ले अरु कुनै पार्टिबाट उम्मेदवार भएको भए आफूले त्यो क्षेत्र बाट कुनै उम्मेदवार नउठाउने बताएका थिए ।

स्वर्णिम वाग्ले तनहुँमा उम्मेदवार बने पछि उक्त क्षेत्रका मतदातामा आशा पलाएको देखिन्छ । स्वर्णिम वाग्ले जस्तो मान्छे संसद मा चाहिन्छ भनेर स्वतस्फूर्त रुपमा सहयोग गर्ने देखि पार्टि प्रवेश गरेरै साथ दिइरहेका छन् । बाहिर खुलेर नदेखिए पनि भित्र भित्रै भोट हाल्नेको संख्या दिनदिनै बढिरहेको पाइएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - २२:३६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology