कुरिनटार । नेपाल महिला संघ इच्छाकामनाको अध्यक्षमा सावित्री गुरुङ मनोनित हुनुभएको छ । गुरुङलाई नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरीले अध्यक्ष पदमा मनोनित गर्नुभएको हो ।
यस अघि वडा सदस्यमा निर्वाचित भई इच्छाकामना गाउँपालिकाको प्रवक्ता समेत बनेर काम गरिसक्नुभएकी गुरुङ स्पष्ट वक्ताको रुपमा परिचित नेतृ हुनुहुन्छ ।