Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीमा बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन

आँबुखैरेनीमा बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन

images

इच्छाकामना न्युज

२७, चैत्र २०७९
आँबुखैरेनीमा बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन
images
आँबुखैरेनी । २०८० साल बैशाख १० गते हुने उप–निर्वाचन तयारीका लागि लोकतान्त्रिक बाम गठबन्धनले आँबुखैरेनीमा सोमबार चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । तनहुँ क्षेत्र नं.१ का उम्मेदवार गोविन्द भट्टराई ज्युलाई जिताऊ अभियान अन्तर्गत गण्डकी प्रदेशका पुर्ब मन्त्री एवंम ने.क.पा.माओबादी केन्द्रका पोलिटब्युरो सदस्य हरि बहादुर चुमानले सो बाम गठबन्धन चुनाब प्रचार प्रसार सम्पर्क कार्यालयको समुदघाटन गर्नुभएको हो ।
 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चुमानले तनहुँ क्षेत्र नं.१ का उम्मेदवार गोविन्द भट्टराई असल, सरल, बेदाग, हामी सबैलाई सजिलो मान्छे, अरुलाई असजिलो हुदा र अफ्ट्यारो पर्दा सहयोग गर्ने मान्छे देश र जिल्लाको विकासका लागि एक अति आवश्यक व्यक्ति भएको बताउनुभएको छ । यो उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताउन सके सुस्ताएको विकास निर्माणले तिब्रता लिनेमा आफु विश्वस्त रहेको चुमानले प्रष्ट पार्नुभएको छ ।
 
यस्तै, उहाँले तनहुँ क्षेत्र नम्बर–१, का उम्मेदवार भट्टराईलाई जिताउन ढुक्क भएर रुखमा भोट हाल्न समेत सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा आँबुखैरेनी गाउँपालिका तथा तनहुँ जिल्लाबासीलाई खानेपानी खुवाउने नेताको रुपमा परिचित तनहुँ क्षेत्र नम्बर–१, का उम्मेदवार भट्टराईले जिल्लाको विकासलाई राष्ट्रिय मुद्दा बनाउने महाअभियानमा सबैले साथ दिन अनुरोध गर्नुभएको छ ।

images
प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २३:४७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology