Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवन–२ का जनताले विगतको मतदानमा करेक्शन गर्नुपर्छ: गोकुल बाँस्कोटा

चितवन–२ का जनताले विगतको मतदानमा करेक्शन गर्नुपर्छ: गोकुल बाँस्कोटा

images

इच्छाकामना न्युज

२३, चैत्र २०७९
चितवन–२ का जनताले विगतको मतदानमा करेक्शन गर्नुपर्छ: गोकुल बाँस्कोटा
images

चितवन । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले सामाजिक सुरक्षाका लागि एमाले सरकारले जत्तिको काम कुनै पनि सरकारले गर्न नसकेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नंं २ अन्तर्गत कालिका नगर कमिटीले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले मनमोहन अधिकारी नेतृत्वको सरकार र केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको सामाजिक सुरक्षा, विकास र समृृद्धिलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

वृद्धवृद्धालाई कम्युनिष्टको सरकार आएपछि मार्छ भन्ने कांग्रेसले मच्चाएको भ्रमलाई एमालेको सरकारले महिनाको सय रुपैयाँ वृद्धभत्ता दिएर ज्येष्ठ नागरिकप्रति एमालेको दृष्टिकोण प्रस्ट पारेको उनले बताए । एमालेले संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको ग्यारेन्टी गराएको स्मरण गर्दै २०५४ सालको स्थानीय तहको निर्वाचनमार्फत महिलाको सहभागिता बढाउन सुरु गरिएको नेता बास्कोटाले बताए ।

पछाडि पारिएका महिलालाई राजनीतिक र सामाजिक रूपमा अग्रसर, सहभागी र नेतृत्व गर्ने तहमा एमालेले नै पुर्‍याएको चर्चा गर्दै बाँस्कोटाले भने– घाँस काट्ने महिला, दूध दुहुने महिला, दूध बेच्ने पुरुष यस्तो अवस्थामा परिवर्तन त एमालेले नै ल्याएको हो ।

उनले दुर्गम भेगमा सुत्केरी हुन नसकेर ज्यान गुमाउने महिलाहरूको उद्धार र उपचारको व्यवस्थाको सुरुवात एमाले सरकारले नै गरेको बताए । विगतमा केही नयाँलाई हेरौं न भनेर जनताले मत दिएको भए पनि यसपटक त्यसलाई करेक्शन गर्नुपर्ने बताए ।

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ०७:४६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology