Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

एमालेले नक्कली कुरा गर्दैन यसैले चुनाव आएपछि औषधीको पोको बोकेर हिड्नु पर्दैन : एमाले नेता गोकुल बास्कोटा

एमालेले नक्कली कुरा गर्दैन यसैले चुनाव आएपछि औषधीको पोको बोकेर हिड्नु पर्दैन : एमाले नेता गोकुल बास्कोटा

images

इच्छाकामना न्युज

२२, चैत्र २०७९
एमालेले नक्कली कुरा गर्दैन यसैले चुनाव आएपछि औषधीको पोको बोकेर हिड्नु पर्दैन : एमाले नेता गोकुल बास्कोटा
images

कुरिनटार । नेकपा एमालेले कहिल्यै पनि जनताका अघि नक्कली कुरा नगर्ने एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले बताएका छन् । बुधबार नेकपा एमाले इच्छाकामना गाउँकमिटिले कुरिनटारमा आयोजना गरेको गाउँकमिटि विस्तारित बैठकमा कार्यकर्ताहरु माझ सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकलाई सम्बोन्धन गर्दै एमालेले सत्तामा हुदाँ जहिले पनि जनताका लागि दीर्घकालिन सोच राखेर काम गर्ने भएकोले अरुले झै चुनावको मुखमा जनता माझ नक्कली कुरा गर्नु नपर्ने उनले बताए । केहि दिन अघि इच्छाकामनाको पहाडी भेगमा चितवन २ मा स्वतन्त्र पार्टीको उम्मेद्वार रहेका रवि लामिछानेले औषधी वितरण गर्न गएको प्रति कटाक्ष गर्दै चुनावको बेला जनतालाई झुक्याउन खोजेको बताए । चुनावको बेला जनताको साख्खै बन्दै केहि औषधीको पोको बोकेर गई जनता झुक्याउनु भन्दा नेकपा एमालेले झै जनतालाई दीर्घकालिन सेवा पुग्ने काम गर्नुपर्ने उनले बताए । 

एमालेले ज्येष्ठ नागरिक भक्ता, स्वास्थ्य बिमा, पशु बिमा, देशभरका सबै स्थानीय तहमा अस्पतालमा निर्माण गर्ने जस्ता जनतालाई दीर्घकालिन सेवा पुग्ने काम गरेका छौ –उनले भने ‘यसैले हामीले चुनाव अघि जनतालाई झुक्याउने गरी औषधीको पोको बोकेर गाउँ जानु पर्दैन ।’ 

एमाले इच्छाकामनाका अध्यक्ष कृष्ण सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन २ का एमाले उम्मेद्वार रामप्रसाद न्यौपाने, एमाले नेता देवी ज्ञावली लगायतका जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - २२:४३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology