Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा आज एमाले नेता गोकुल बाँस्कोटा आउने, चुनाव लक्षित कार्यक्रम सुरु गर्दै

इच्छाकामनामा आज एमाले नेता गोकुल बाँस्कोटा आउने, चुनाव लक्षित कार्यक्रम सुरु गर्दै

images

इच्छाकामना न्युज

२२, चैत्र २०७९
इच्छाकामनामा आज एमाले नेता गोकुल बाँस्कोटा आउने, चुनाव लक्षित कार्यक्रम सुरु गर्दै
images

कुरिनटार । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा आज इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आउने भएका छन् । एमालेले इच्छाकामनामा उपनिर्वाचन लक्षित कार्यक्रमहरु सुरु गर्न लागेकोले सो कार्यक्रममा सहभागी हुन मिसन ग्रास रुट चिवनका कमाण्डर, पूर्वमन्त्री तथा पोलिटव्यूरो सदस्य बाँस्कोटा कुरिनटार आउन लागेका हुन् ।  

एमाले इच्छाकामनाका अध्यक्ष समेत रहेका बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले दिएको जानकारी अनुसार इच्छाकामनामा आजदेखि चुनावी अभियान सुरु गर्न लागिएको हो । पालिकामा मिसन ग्रास रुट अभियान सञ्चालन गरिरहेको नेकपा एमाले इच्छाकामनाले उपनिर्वाचन लक्षित कार्यक्रमहरु पनि सुरु गर्ने भएको हो ।

आजको कार्यक्रममा बाँस्कोटा सहित जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर २ का उम्मेद्वार रामप्रसाद न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहनेछ । 

images
प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - ०९:०५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology