आँबुखैरेनी । सुशासन र आर्थिक उन्नतिको लागि बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ १ का उम्मेद्वार स्वर्णीम वाग्लेले बताएका छन् । उम्मेद्वारी दर्ताका लागि तनहुँ आउने क्रममा आज आँबुखैरेनीमा कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

दिउँसो पार्टी कार्यालयमा रास्वपा आँबुखैरेनीका संयोजक राम श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का उम्मेदवार डाक्टर स्वर्णिम वाग्ले (अर्थविद)को प्रमुख आतिथ्यतामा कार्यकर्ता भेट्घाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य हरि भट्ट लगायतको उपस्थिती रहेको राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीका उपसंयोजक अनिल मल्लले जानकारी दिए ।