Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीको विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको संयोजक तोकियो, को–को हुन् संयोजक ? हेर्नुस्

आँबुखैरेनीको विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको संयोजक तोकियो, को–को हुन् संयोजक ? हेर्नुस्

images

इच्छाकामना न्युज

१८, चैत्र २०७९
आँबुखैरेनीको विभिन्न वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको संयोजक तोकियो, को–को हुन् संयोजक ? हेर्नुस्
images

आँबुखैरेनी । राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीले उपनिर्वाचन तयारीको लागि विभिन्न वडामा भेला सम्पन्न गरेको छ । भेलाले गाउँपालिकाको विभिन्न वडामा वडा संयोजक तोकिएको छ । आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचन तयारीका लागि आज शनिबार राम श्रेष्ठको सभापतित्वमा सम्पन्न वडा नं. ३ को भेलाले वडा संयोजकमा गोविन्द अधिकारीलाई चयन गरेको छ । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले यस अघि वडा नं. १,२ र ६ मा वडा संयोजक चयन गरिसकेको छ । भेलाले आँबुखैरेनी गाउँपालिका अन्तरगत रहेका ६ वटा वडाहरु मध्ये वडा नं. १ मा चन्द्र प्रकाश गुरुङ्ग, वडा नं. २ मा सन्जय गुरुङ र वडा नं. ६ मा चन्द्र प्रकाश गुरुङ्गलाई वडा संयोजक चयन गरिसकेको हो। 

बैशाख १० गते हुने उपनिर्वाचन पार्टीको विधानबमोजिम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न वडा संयोजक चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीका सभापति राम श्रेष्ठले जानकारी दिए।

images
प्रकाशित मिति :चैत्र १८, २०७९ शनिवार - २१:३७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology