आँबुखैरेनी । राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनीले उपनिर्वाचन तयारीको लागि विभिन्न विभाग सहित समिति गठन गरेको छ । आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचन तयारीका लागि राम श्रेष्ठको संयोजकत्वमा ७ सदस्यिय कमिटि गठन भएको हो ।
समितिको सह–संयोजकमा अनिल श्रेष्ठ, प्रचार–प्रसार कमिटिको संयोजकमा सुमन वगाले, घरदैलो कमिटिको संयोजमा प्रकाश श्रेष्ठ, यातायात कमिटिको संयोजकमा राजेश श्रेष्ठ र आर्थिक कमिटिको संयोजकमा नवराज श्रेष्ठ रहेका छन् ।
बैशाख १० गते हुने उपनिर्वाचन पार्टीको विधानबमोजिम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न समिति गठन गरेको संयोजक राम श्रेष्ठले जानकारी दिए ।