Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारको लागि अर्बौ ऋण उठाउँदै राष्ट्र बैंक

सरकारको लागि अर्बौ ऋण उठाउँदै राष्ट्र बैंक

इच्छाकामना न्युज

१३, चैत्र २०७९
सरकारको लागि अर्बौ ऋण उठाउँदै राष्ट्र बैंक
images

काठमाडौं । राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोडको ट्रेजरी बिल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ। सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नवीकरण गरिन लागिएको हो। विभिन्न परिपक्व अवधि भएका चार किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो।

images
images

पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिको, ६ अर्ब ५० करोड २५ लाख रूपैयाँको ९१ दिन अवधिको, ६० करोड एक सय ८२ दिन अवधिको र पाँच अर्ब रूपैयाँको तीन सय ६४ दिन अवधिको ऋणपत्र नवीकरण गरिन लागेको हो।

त्यस्तै, पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिका लागि नयाँ ऋणपत्र पनि जारी गर्ने भएको हो।गत चैत ६ मा पनि यस्तै विभिन्न अवधिको ऋणपत्र बिक्री गरिएको थियो। यिनमा औसत ब्याजदर ८.६८ देखि ९.५५ प्रतिशतसम्म कायम भएको थियो। ट्रेजरी विल्सको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक सहभागी हुन सक्छन्।

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - २२:०७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology