Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिकाको घ्याल्चोकमा रहेको किसान लघुवित्तमा नेकपा बहुमतका कार्यकर्ताद्वारा तालाबन्दी

गण्डकी गाउँपालिकाको घ्याल्चोकमा रहेको किसान लघुवित्तमा नेकपा बहुमतका कार्यकर्ताद्वारा तालाबन्दी

इच्छाकामना न्युज

१३, चैत्र २०७९
गण्डकी गाउँपालिकाको घ्याल्चोकमा रहेको किसान लघुवित्तमा नेकपा बहुमतका कार्यकर्ताद्वारा तालाबन्दी
images

घ्याल्चोक । नेकपा (बहुमत)ले गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोकमा रहेको किसान लघुवित्त वित्तिय संस्थामा तालाबन्दी गरेको छ ।

images
images

लघुवित्तले स्थानीयलाई ज्यादती गरेको भन्दै नेकपा बहुमत पार्टीले केन्द्रमा नै जनसंघर्ष परिचालन समिति बनाएको छ ।

सोहि समितिले किसान लघुवित्तमा तालाबन्दी गरेको नेकपा बहुमतका केन्द्रिय सदस्य तथा गोरखा इन्चार्ज कमल खड्काले बताए । जिल्ला भित्रका लघुवित्त संस्थाहरुले दिदीबहिनीहरुलाई मानसिक तनाव दिने गरेको र यसले धेरै आत्माहत्याको घटना बढेकाले गण्डकी गाउँपालिकाको लघुवित्तमा तालाबन्दी गर्नुपरेको उनले बताए ।

लघुवित्त वित्तीय संस्थाले ज्यादती गर्दै गएमा यस प्रकारका कार्यक्रम निरन्तर जारी रहेको उनले बताए । लघुवित्त संस्था खारेज हुनुपर्ने, जनताको लगानी मिनाह गर्नुपर्ने र पिडितको ऋण मिनाह पार्टीको माग रहेको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र १३, २०७९ सोमवार - ०८:५२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology