चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित प्रसिद्ध जलबिरे (लामो) झरना हेरेर फर्किने क्रममा कार खोलामा खस्दा एक जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। आज दिउँसो करिब २ः३० बजे डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई जलबिरे झरना नजिकैको खोलामा खसेको थियो।
प्रारम्भिक अनुसन्धान र जानकारीअनुसार दुर्घटनाग्रस्त कारमा चालक गायेन मात्र सवार थिए। कार सडकबाट अनियन्त्रित भई भित्ता वा डिलबाट सिधै खोलामा खसेको अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि पठाउनुका साथै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।