Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु, उपनिर्वाचनमा बिना वैशाखी उठेर देखाउनु : एमाले नेता गोकुल बाँस्कोटा

भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु, उपनिर्वाचनमा बिना वैशाखी उठेर देखाउनु : एमाले नेता गोकुल बाँस्कोटा

images

इच्छाकामना न्युज

१२, चैत्र २०७९
भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु, उपनिर्वाचनमा बिना वैशाखी उठेर देखाउनु : एमाले नेता गोकुल बाँस्कोटा
images

चितवन । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटा मिसन ग्रासरुट अभियानका क्रममा यतिबेला भरतपुरमा छन् । बास्कोटाको गृह जिल्ला काभ्रे पुगेकी कांग्रेस नेतृ आरजु राणा देउवाले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेकी थिइन्।

सामाजिक सञ्जालमार्फत बास्कोटाले उपनिर्वाचनमा बिना बैशाखी उम्मेदवार उठाएर देखाउन आरजुलाई चुनौती दिए । आरजुको टिप्पणीमा बास्कोटाले साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेको जवाफ दिए ।

भरतपुरबाटै कांग्रेसको दम हेर्न आतुर रहेको भन्दै बास्कोटाले उपनिर्वाचनमा बिना बैशाखी उम्मेदवार उठाएर देखाउन कांग्रेसलाई चुनौती दिएका हुन् ।

बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ । साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ। म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू ,तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त।’

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - ०९:१६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology