Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीको मार्किचोकमा २ करोड लगानी ‘औद्योगिक ग्राम’ बनाउन सुरु

आँबुखैरेनीको मार्किचोकमा २ करोड लगानी ‘औद्योगिक ग्राम’ बनाउन सुरु

images

रासस

३, चैत्र २०७९
आँबुखैरेनीको मार्किचोकमा २ करोड लगानी ‘औद्योगिक ग्राम’ बनाउन सुरु
images

आँबुखैरेनी । गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ।

प्रदेशको १ करोड ४० लाख र गाउँपालिकाको ६० लाख रुपैयाँ बजेट विनियोजन गरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो। 

घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

स्थानीयवासी चेपाङ र भुजेलले उत्पादन गर्ने परम्परागत बाँसजन्य सामग्री निर्माण तथा आरन पेसालाई आधुनिकीकरण गर्न तालिम प्रदान गरी तालिमपश्चात् व्यावसायिक बनाउने लक्ष्य रहेको बताइएको छ।

गाउँपालिका मातहत रहेका छवटै वडाका गरी करिब ६० जनालाई समेटेर सुरुमा तालिम प्रदान गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ। स्थानीयस्तरमा रहेका स्रोत र साधन परिचालन गरी रोजगार सिर्जना गरी आर्थिक क्षेत्रमा सबल बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ।

images
प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - ०९:२९:३३ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology