Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवन प्रहरीद्वारा २३७ जना फरार प्रतिवादी पक्राउ 

चितवन प्रहरीद्वारा २३७ जना फरार प्रतिवादी पक्राउ 

images

इच्छाकामना न्युज

१, चैत्र २०७९
चितवन प्रहरीद्वारा २३७ जना फरार प्रतिवादी पक्राउ 
images

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले फागुन महिनाभरिमा ३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट विभिन्न मितिमा गरेको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका ३७ जना प्रतिवादीलाई पक्राउ गरी चितवन जिल्ला अदालतमा उपस्थित गराइएको चितवन प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेका प्रतिवादीहरुबाट १७ वर्ष ६ महिना २ दिन कैद र जरिवानास्वरूप रू. १९ लाख ३१ हजार ८४५ भुक्तान गर्न बाँकी थियो।

योसँगै चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा २३७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको चितवन प्रहरीले जनाएको छ। प्रवक्ता पण्डितका अनुसार पक्राउ परेका प्रतिवादीहरुबाट कुल ४३ वर्ष ४ महिना २६ दिन कैद र जरिवानास्वरूप रू. ९२ लाख ८६ हजार २३९ भुक्तान गर्न बाँकी थियो। 

images
प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - २१:००:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology