आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा संचालित पुरानो सहकारी मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल फागुन २५ गते स्थापना भएको सहकारीले आजदेखि १६ वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको हो ।
सहकारीको पछिल्लो वित्तिय विवरणलाई हेर्दा पछिल्लो आर्थिक वर्ष ०७८÷०७९ को अषाढ मसान्त सम्ममा ४ करोड ३९ लाख ७१ हजार रुपैंया शेयर पूँजी पुगेको छ भने कुल निक्षेप (बचत) ३७ करोड ३४ लाख ७३ हजार ४ सय ४२ रुपैंया ३७ पैंसा र कर्जा लगानी तर्फ ३७ करोड २२ लाख ८१ हजार १ सय १२ रुपैंया रहेको छ ।
यस अवधिमा सहकारीले १ करोड २७ लाख ७७ हजार ७ सय ७५ रुपैंया ६० पैंसा मुनाफा गर्न सफल भएको छ ।
मनकामना माई बहुउद्देश्यीय सहकारी पछिल्लो समय आँबुखैरेनीकै सबैभन्दा विश्वासिलो सहकारी संस्था बन्दै गएको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिए । लामो समय भाडाको घरमा संचालित सहकारी २०७७ सालबाट भने आफ्नै भवनबाट संचालनमा आएको छ भने यहि आर्थिक वर्षबाट सहकारीले मार्ट पनि संचालनमा ल्याउन लागिएको उनले बताए ।