Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीमा पहिलो पटक आलु मेला आयोजना हुदै

आँबुखैरेनीमा पहिलो पटक आलु मेला आयोजना हुदै

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७९
आँबुखैरेनीमा पहिलो पटक आलु मेला आयोजना हुदै
images

आँबुखैरेनी । पालिका भित्रका किसानले उत्पादन गरेको कृषि सामाग्रीको उचित बजार व्यवस्थापन गर्नका लागि अघिल्लो हप्तादेखि हाटबजार सुरु गरेको तनहुँको आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक आँबुखैरेनीमा आलु मेलाको आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन २६ र २७ गते दुई दिन मेलाको ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आयोजना गर्ने भएको हो ।

मेला आँबुखैरेनी गाउँपालिका–३ हाटबजार स्थित अमिलीबोटेमा आयोजना गर्न लागेको हो । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री बितरण गरिने हाटबजार व्यवस्थापक समितिका संयोजक सन्तोष केसीले जानकारी दिए ।  

गाउँपालिकाले केही दिनअघि संचालनमा ल्याएको हाटबजारमा छिम्केश्वरीको मह र खस्राराङ्गबेसीको एभोकाडोका बिरुवा अत्याधिक मात्रामा बिक्री भएको उनले बताए । 

शुक्रबारका दिन हाटबजार संचालनमा ल्याइएको छ । उनले भने, स्थानीयस्तरमा उत्पादित कृषि,पशु,बाँसजन्य लगायतका बस्तु हाटबजारमा राखेर बिक्री गर्न पाउँदा कृषकहरु खुशी भएका छन् । 

आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा पर्ने सत्रसय र बरादीलाई तरकारी पकेट क्षेत्रको रुपमा लिइएको छ । उक्त दुई वडामा उत्पादन गरिएका आलु ग्रेडिङ्ग र सालाखाला गरी बिक्री गरिनेछ । 

साथै आलुबाट बनेका परिकार आलु पकौडा,आलु चप,चटपट लगायतका विभिन्न परिकार राखिनेछ । उक्त मेलामा उपस्थित घैटों फुटाई खेल प्रर्दशन हुनेछ । 

कृषकलाई निशुल्क रुपमा स्टल राख्न व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जानकारी दिए ।  
आँबुखैरेनी गाउँपालिका मातहत रहेका छ वटै वडा, टोल विकास संस्था,आमा समुह,सहकारी संस्था, शिक्षक, कलाकार,क्लब,नागरिक समाज लगायतका विभिन्न संघसंस्थालाई पत्रचार गरिएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - २१:४५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology