Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनीमा पनि साप्ताहिक हाट बजार संचालन, किसानको उत्पादन सिधैं उपभोक्तामा पुग्ने अपेक्षा

आँबुखैरेनीमा पनि साप्ताहिक हाट बजार संचालन, किसानको उत्पादन सिधैं उपभोक्तामा पुग्ने अपेक्षा

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७९
आँबुखैरेनीमा पनि साप्ताहिक हाट बजार संचालन, किसानको उत्पादन सिधैं उपभोक्तामा पुग्ने अपेक्षा
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी बजारमा पनि हाट बजार संचालनमा आएको छ । हरेक हप्ताको शुक्रबार लाग्ने गरि आजदेखि आँबुखैरेनी बजारको अमिलिबोटमा हाट बजार संचालनमा आएको हो ।

हाट बजारको एक कार्यक्रमका बिच राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले समुद्घाटन गरेका छन् । 

334756929_988062005488867_4287612701078384744_n.jpg

गाउँपालिका भित्रका किसानहरुले उत्पादन गरेको सामाग्री किसानबाट सिधैं उपभोक्ताले खरिद गर्न सकुन भन्ने उद्देश्यले गाउँपालिकाको संयोजनमा हाट बजार संचालनमा ल्याईएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘यसले किसानले उत्पादन गरेको सामाग्रीले उचित मूल्य र बजार पाउनेछ भने उपभोक्ताले पनि सस्तोमा ताजा उत्पादन पाउनेछ’ उनले भने ‘किसानले उत्पादन गरेको उत्पादनले उचित मूल्य र सहजै बजार पाएमा उत्पादन बढ्नेछ ।’

330336801_1681606805611620_7509544802369710295_n.jpg

यस्तै अध्यक्ष चुमानले हाटबजारमा आफ्नो उत्पादन ल्याउनको लागि ढुवानीको व्यवस्थापन समेत गाउँपालिका गरिदिएको छ भने हाट बजारमा किसानले निःशुल्क रुपमा आफ्नो उत्पादन राखेर बिक्रि वितरण गर्न पाउनेछ । 

गाउँपालिकाले ६ वर्ष अघि नै उक्त स्थानमा हाट बजार संचालन गर्न भनि निजि जमिन १० वर्षका लागि भाडामा लिएको थियो । तर हाट बजार भने संचालन गर्न सकेको थिएन । नयाँ जनप्रतिनिधि आएसँगै अहिले पनि गाउँपालिकाले सोही स्थानमा हाट बजार संचालन गरेको हो ।

334547587_6542078199152949_1275711603912838460_n.jpg

हाट बजार संचालनमा आएको पहिलो दिन किसानहरुले विभिन्न प्रकारका तरकारी, दुध, दुग्धजन्य परिकारहरु, छिम्कालेकको मह, बन तरुल, मस्याङ, खसीबोका लगायतका स्थानीय उत्पादनहरु बिक्रीको लागि राखिएको थियो ।

334590391_176566171510257_2316634750015211631_n.jpg

images
प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - २१:२८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology