चितवन । नेपाली कांग्रेस निकट शिक्षकहरुको संस्था नेपाल शिक्षक संघको जिल्ला उपाध्यक्षमा इच्छाकामनाका भविश्वर गुरुङ निर्वाचित भएको छ । सर्वशान्ति क्याम्पस कुरिनटारको क्याम्पस प्रमुखका साथै राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङका शिक्षक समेत रहेका गुरुङ संघ शनिबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै संघ बागमती प्रदेश प्रतिनिधिमा सर्वाधिक मतका साथ इच्छाकामनाकै कमल गुरुङ निर्वाचित भएका छन् । गुरुङ माझगाउँ माविका प्रध्यानाध्यापक हुन् ।