Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवन–२ मा उपनिर्वाचन : आजबाट दल दर्ताको काम सुरु

चितवन–२ मा उपनिर्वाचन : आजबाट दल दर्ताको काम सुरु

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७९
चितवन–२ मा उपनिर्वाचन : आजबाट दल दर्ताको काम सुरु
images

पुजा ढकाल, चितवन । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु भएकोे छ ।

निर्वाचन आयोगले जारी गरेको सूचनाको आधारमा आजबाट क्षेत्र नं २ मा उपनिर्वाचनका लागि दल दर्ता सुरु भएको हो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार आज बिहान १० बजेबाट फागुन १६ गते सम्मका लागि दल दर्ता सुरु भएको छ । उनले स्वतन्त्र निवार्चन लड्नले दल दर्ता गर्न नपरे पनि पहिले आयोगमा दर्ता भएका पुराना दलहरूले भने चुनावको प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने जानकारी दिए । उनका अनुसार विभिन्न पार्टीले यस निर्वाचनमा भाग लिने भनेर दल दर्ता गर्छन् । जुन निर्वाचन आयोगमा दर्ता हुने गर्छ । उनको भनाइ अनुसार स्वतन्त्र चुवान लड्ने योग्य व्यक्तिसँगै आजबाट फागुन १६ गते सम्म दर्ता भएका सबै दलले आफ्नो पार्टीबाट उम्मेदवार दिने व्यक्तिको मनोनयन चैत २० गते निर्वाचन कार्यालयमा दर्ता गर्न सक्छन् ।

आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै चितवनमा माघ २ गतेबाट २९ गते सम्म मतदाता नामावली संकलन गरिएको थियो । त्यस्तै संकलन भएका सबै मतदाता नामावलीलाई कार्यालयाले फागुन २०–२५ गतेभित्र अद्यावधि गर्ने उनले जानकारी दिए । उनी भन्छन्, ‘पहिलेको निर्वाचनमा चितवन क्षेत्र नं २ मा एक लाख २४ हजार २१४ मतदाता रहेपनि अब मृत्यु भएका, बसाइँ सरेका तथा विवाह भएका व्यक्तिको नाम हटाउँदा मतदाता संख्या केही घट्न हामीले अनुमान गरेका छौँ । ’ क्षेत्र नं २ को उपनिर्वाचनमा म्यादी प्रहरी नखटाइने उनले जानकारी दिए ।

निर्वाचन आयोगने सार्वजनिक गरेको सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वाच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ । जसमा चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक, चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने जनाइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - २१:०५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology