Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पशुपन्छीको खोपमा आत्मनिर्भर बन्दै नेपाल 

पशुपन्छीको खोपमा आत्मनिर्भर बन्दै नेपाल 

सिआईएन

२८, माघ २०७९
पशुपन्छीको खोपमा आत्मनिर्भर बन्दै नेपाल 
images

उषा तामाङ, काठमाडौँ । पशुपन्छीलाई लगाईने १३ प्रकारका खोपमा नेपाल आत्मनिर्भर भएको छ । मानिसका लागि आवश्यक करोडौँ रुपयाँको खोप बाहिरबाट आयात गरिरहेको नेपालले पशुपन्छीलाई लगाईने खोप भने निर्यात गर्न प्रकृया सुरु गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले २०२३ सालबाट खोप उत्पादन सुरु गरेको थियो ।

images
images

प्रयोगशालाले हरेक वर्ष पीपीआर, रानीखेत, रेविज, स्वाइन फिवरलगायत १३ प्रकारका रोग विरुद्धका ५ करोड मात्रा खोप उत्पादन गर्दै आएको छ । त्यसमध्ये भेडाबाख्रालाई लगाइने पीपीआर रोग विरुद्धको खोप १ करोड मात्रा उत्पादन हुने गरेको छ । पीपीआर लगायतका खोपमा नेपाल आत्मनिर्भर भइसकेकाले अब निर्यात गर्ने प्रक्रिया समेत चलिरहेको प्रयोगशालाका प्रमुख डा. माधव दाहालले बताउनुभयो ।

प्रयोगशालामा अहिले १३ प्रकारका खोप उत्पादन भइरहे पनि खोरेतलगायत केही रोगका खोप भने विदेशबाट ल्याउनुपर्ने अवस्था छ । सरकारले पूर्वाधारसहित जनशक्ति व्यवस्थापन गरेर सबै खोप नेपालमै उत्पादनको ब्यवस्था मिलाउनुपर्ने खोप विज्ञ एवम् राष्ट्रिय खोप उत्पादन प्रयोगशालाका पूर्व प्रमुख डा. सुदर्शनप्रसाद गौतमले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - ०९:४३:५४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology