Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुरले शिक्षा क्षेत्रमा फड्को मारेको रेनु दाहालको दाबी 

भरतपुरले शिक्षा क्षेत्रमा फड्को मारेको रेनु दाहालको दाबी 

इच्छाकामना न्युज

२४, माघ २०७९
भरतपुरले शिक्षा क्षेत्रमा फड्को मारेको रेनु दाहालको दाबी 

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रमा भरतपुरले राम्रो फड्को मारेको दाबी गरेकी छन्। नेपाल प्रहरी स्कुल भरतपुर–१४, शान्तिपुरको चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्त्य हुन लागेको उल्लेख गरिन्। 

images

भरतपुर महानगरपालिका विगत पाँच वर्षमा सामुदायिक विद्यालयमा आठ हजार विद्यार्थी थप गर्न सफल भएको भन्दै प्रमुख दाहालले यो क्रम बढ्दै जाने पनि प्रष्ट पारिन्। पाँच वर्षअघि भरतपुरको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेकोमा अहिले वृद्धि हुँदै जानु भरतपुरका लागि सुखद् विषय भएको उनले बताइन्। भरतपुरले सन्तुलित विकासको मोडलअनुसार शिक्षा क्षेत्रको विकासका लागि विभिन्न शैक्षिक सुधारको कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको उनको भनाइ थियो। 

‘प्रहरी स्कुलमा आर्कषण बढ्दो छ’, उनले भनिन्, ‘सुरूवातमा भरतपुरका मात्र पढ्नुहुन्थ्यो। अहिले जिल्लाभरकै पढ्नुहुन्छ। अब छिमेकी जिल्लाबाट पनि आउने क्रम सुरू हुन्छ। यो भरतपुर शिक्षाको हब हो भन्ने प्रमाण हो।’

भरतपुरमा दुई ठूला मेडिकल कलेज, रामपुर कृषि क्याम्पस, त्रिभुवन विश्वविद्यालयको आंगिक इन्जिनियरिङ क्याम्पसलगायतका शैक्षिक संस्थाले भरतपुर थप गरिमा बढाएको प्रमुख दाहालको भनाइ थियो। 

वागमती प्रदेशका प्रहरी प्रमुख एवम् विद्यालयका संरक्षक दीपक थापाले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तीनै तहको सरकार र प्रहरी प्रधान कार्यालयसँग समवन्य अगाडि बढाउने बताए। 

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले विद्यालयले विद्यार्थीको उच्च आत्मबल, सिर्जनशील र प्रायोगात्मक शिक्षालाई जोड दिने गरेको उल्लेख गरे। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षतामा भएको थियो।

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - १९:२९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology