Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामनामा काम अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा

इच्छाकामनामा काम अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा

images

इच्छाकामना न्युज

१५, माघ २०७९
इच्छाकामनामा काम अलपत्र पार्ने ठेकेदार कम्पनी कालोसूचीमा
images

चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकाभित्रका विभिन्न आयोजनाको निर्माण ठेक्का लिएर पनि अलपत्र पार्ने तीन ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेर कारवाही गरेको छ। माधवबहादुर घिमिरे मुख्य व्यक्ति रहेको इच्छाकामना–४, कुरिनटारको श्री डिभी घिमिरे कन्ट्रक्सन, पुस्करप्रसाद गौतम मुख्य व्यक्ति रहेको भरतपुरको श्री अञ्जना निर्माण सेवा र प्रकाश कोइराला मुख्य व्यक्ति रहेको निलकण्ठ–८, धादिङको श्री जलेश्वर निर्माण सेवालाई एक वर्षको लागि कालोसूचीमा राखेको हो। 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार डिभी घिमिरे कन्ट्रक्सनले कुरिनटारको सशस्त्र बेस क्याम्प जाने बाटो पिच गर्ने र मुग्लिन–तामिन सडक ढलान गर्ने जिम्मा लिएर अलपत्र छाडेको छ। 

भरतपुरको अञ्जना निर्माण सेवाले इच्छाकामनाको वडा नं.७ मा पर्ने सिमलढापबाट पिपलटार जाने सडक पिच गर्ने जिम्मा लिएर अलपत्र पारेको गाउँपालिकाका अध्यक्ष गुरूङले जानकारी दिए। धादिङको डिभी जलेश्वर निर्माण सेवाले भने गाउँपालिकाको भवन कम्पाउण्ड निर्माण कार्य अलपत्र पारेको छ। गत असार मसान्तसम्ममा काम सकाउनुपर्ने भए पनि हालसम्म अलपत्र पारेकोले कारवाहीको लागि गाउँपालिकाबाट सिफारिस भएको अध्यक्ष गुरूङले जानकारी दिए। 
 
काम गराउन पटकपटक ताकेता गर्दा पनि वास्ता नगरेपछि बाध्य भएर कारवाहीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्नुपरेको उनको भनाइ छ। पालिकाभित्रका अन्य आयोजना पनि समयमा नसकाए ती ठेकेदार कम्पनी पनि कारवाहीको भागीदार हुनुपर्ने पालिकाले जनाएको छ। सरकारले यसबाहेक पनि ९ वटा अन्य कम्पनीलाई समेत कारवाही गरेको छ। आइतबार सार्वजनिक गरेको सूचनाअनुसार चितवनको निर्माण कार्य अलपत्र पार्नेसहित १२ ठेकेदार कम्पनी कारवाहीमा परेका हुन्। 

images
प्रकाशित मिति :माघ १५, २०७९ आइतवार - २२:१५:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology