Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवन–२ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को होला ?

चितवन–२ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को होला ?

images

इच्छाकामना न्युज

१४, माघ २०७९
चितवन–२ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को होला ?
images

काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ।

आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुने बताए। ‘ऐनमा व्यवस्था भएबमोजिम नै उपनिर्वाचन हुन्छ’, उनले भने।

मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए। उनले कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। यता सत्ता गठबन्धनभित्र उपनिर्वाचनका विषयमा अनौपचारिक छलफल सुरु भएको छ। उपनिर्वाचनमा गठबन्धनबाटै उम्मेदवार उठाउने वा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा छलफल सुरु भएको गठबन्धनका एक नेताले बताए।

‘निर्वाचनमा रविजीको पार्टी र एमालेले आ–आफ्नै उम्मेदवार उठाएको अवस्था थियो। तर अहिले दुवै पार्टी सत्ता साझेदार रहेको छ। यस्तो अवस्थामा कोसलाई उम्मेदवार बनाउने भन्ने विषयमा गठबन्धनमा पेचिलो हुनसक्छ,’ ती नेताले भने। यस विषयमा शनिबारदेखि नै गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

 

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०८:४१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology