Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आज २९९ औं पृथ्वी जयन्ती,  गोरखाको ५ स्थानियमा सार्बजानिक बिदा

आज २९९ औं पृथ्वी जयन्ती,  गोरखाको ५ स्थानियमा सार्बजानिक बिदा

images

इच्छाकामना न्युज

२७, पौष २०७७
आज २९९ औं पृथ्वी जयन्ती,  गोरखाको ५ स्थानियमा सार्बजानिक बिदा
images

गोरखा, २७ पौष । 
आज गोरखाको ५ स्थानियमा सार्बजानिक बिदा दिएको छ।
२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अशवरमा गोरखाको ५ स्थानिय तहले सार्बजानिक बिदा दिएको हो । जिल्लाको पालुङटार र गोरखा नगरपालिका तथा अजिरकोट, भिमसेन थापा र सिरानचोक गाउँपालिकाले आज सार्बजानिक बिदा दिएको हो ।
नेपाल एकिकरणका महानायक मानिएको पृथ्वीनारायण शाहको जयन्तीको अशवरमा आज जिल्लामा फरक फरक कार्यक्रम तय गरीएको छ । आज पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रिय अध्यक्ष कमल थापा सहितको भब्य कार्यक्रम तय गरेको छ भने गोरखा नगरपालिकाले पनि पृथ्वी जयन्तीको अवशरमा छुट्टै कार्यक्रम तय गरेको छ ।कार्यक्रम अनुसार आज बिहान राप्रपाले पुरानो बसपार्कमा जम्मा भएर बाजागाजा र झाकी सहित गोरखा संग्रालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण सहित संबोधन कार्यक्रम तय गरेको छ ।
त्यस्तै गरी गोरखा नगरपालिकाले बिहान १०ः३० बजे सदरमुकाममा रहेको खेलकुद मैदानमा जम्मा भएर झाकी र ¥याली सहित नगरको विभिन्न भागको परिक्रममा गरेर संग्रालयको परिषर भित्र रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण सहित सभाको आयोजना गरेको छ ।आजै गोरखा यूथ क्लव गोरखाको आयोजनामा खुल्ला दौड प्रतियोगिता समेत आयोजना गरिएको छ । 
पश्लाङको द्रब्यशाह चौतारो हुदै सतिपिपल, ठुलो आँगन, पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, कालिमाटी बजार हुदै पुरानो बसपार्कमा पुगेर दौड समापन हुने छ ।आजै साँझ नेपाल पत्रकार महासंघ गोरखा शाखाको आयोजनामा गोरखा संग्रालय भित्र रहेको पृथ्वीनारायण शाहको शालिक वरपर दिप प्रज्वलन कार्यक्रम समेत तय भएको छ ।

images
प्रकाशित मिति :पौष २७, २०७७ सोमवार - ०७:३५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology