Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तामाङ समुदायले मनाए सोनाम ल्होछार : कलाकारहरूद्वारा सांगीतिक धमाका

तामाङ समुदायले मनाए सोनाम ल्होछार : कलाकारहरूद्वारा सांगीतिक धमाका

तामाङ समुदायले मनाए सोनाम ल्होछार : कलाकारहरूद्वारा सांगीतिक धमाका
images

भरतपुर । चितवनका तामाङ समुदायले सोनाम ल्होछार भव्यरूपमा मनाएका छन्। भरतपुर नगर तामाङ समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम गरेर ल्होछार मनाएका हुन्। ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिमा स्थानीयले नाचेर धुलो उडाए। 

images
images

सेलो गायक प्रितम गोले, जलबहादुर जिम्बा, लोक तथा दोहोरी गायक राज लामालगायतका कलाकारहरूले सेलो, सालैजोलगायतका मौलिक गीत गाएर भरपुर मनोरञ्जन दिलाए। गायक राज लामाले ‘पूर्वैै र दिशा घाम लाग्दै आयो’ बोलको सालैजो गीत गाएर सांगीतिक कार्यक्रमको सुरूवात गरे। त्यसपछि ‘जाले रूमाल बैना’ गीत गाएर माहोल तताउने प्रयास गरे। 
 
बीचबीचमा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य हेर्दै मनोरञ्जन लिइरहेका दर्शकसामु जलबहादुर जिम्बाले ‘डान्सिङ’ गीत गाउँदै दर्शक उफारे। ‘देख्छु साह्रै ब्यूटी’, ‘सिंगल हौ कि डबल’, ‘हेर्छौ फेसबुक टिकटक’ जस्ता गीतमार्फत मनोरञ्जन दिलाउने प्रयास गरे। 

सेलो गीतमा स्थापित अर्का गायक प्रितम गोलेले पनि करिब आधा घण्टा गीत गाएर मनोरञ्जन दिलाउने प्रयास गरे। तामाङ भाषा र नेपाली भाषामा मौलिक भाका गाए। ‘हामी त तामाङ हो’, ‘माथि त गुराँसे पाखा’, बाह्रबीसे बजार’, ‘गोजी रि गाँठ मुला’लगायतका गीतमार्फत आफ्नो आवाज सुनाए। साँझसम्म भएको कार्यक्रममा दर्शकले नाचेरै साथ दिए। 

भरतपुर नगर तामाङ समाजकी अध्यक्ष पासाङ लामा तामाङले ल्होछार पर्वकै कारण तामाङ जातिको पहिचान जोगिएको बताइन्। ‘पछिल्लो समय बसाइसराइका कारण लोप हुने अवस्थामा पुगेको भाषा संरक्षण र धर्म परिवर्तनका कारण हराउन लागेको जातीय संस्कृति ल्होछार पर्वले नै बचाएको छ,’ उनी भन्छिन्। 

भरतपुर–११ कै लामाटोलमा रहेको विश्व पञ्चशील बुद्ध गुम्बाले पनि आइतबार भव्य कार्यक्रम गरेर ल्होछार पर्व मनाएको छ। बृहत् सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा कलाकारहरू प्रतिक मोक्तान, हावा लामा, सोयल लामा, दामु शेर्पालगायतले सांगीतिक धमाका दिए। 

गुम्बाकी अध्यक्ष शिवकुमारी लामाका अनुसार संस्कृति संरक्षण गर्न पनि ल्होछार जस्ता चाडपर्वले महत्त्वपूर्ण भूमिका खेलेको छ। ‘हाम्रो भाषा, धर्म र संस्कृति बचाउन यस्ता खालका चाडपर्वले विशेष भूमिका खेलेको छ,’ उनी भन्छन्, ‘त्यसैले यस्ता खालका कार्यक्रमको लागि राज्यले पनि चासो देखाउनुपर्छ। किनकि हरेक जातिको भाषा, धर्म र संस्कृति राज्यको सम्पत्ति हुन्।’ 

भरतपुरबाहेक चितवन जिल्लामा तामाङ समुदायको बाक्लो बसोबास रहेका अन्य क्षेत्रमा पनि आइतबार धुमधामका साथ सोनाम ल्होछार पर्व मनाएका छन्। एकापसमा भेला भई शुभकामना आदानप्रदान गर्दै ल्होछार पर्व मनाएका हुन्।

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - १९:४५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology