Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खिचरा महोत्सव

खिचरा महोत्सवको समापनमा पत्रकारद्वय तुलमान गुरुङ र सन्तकुमार चौधरी नगदसहित सम्मानित

खिचरा महोत्सवको समापनमा पत्रकारद्वय तुलमान गुरुङ र सन्तकुमार चौधरी नगदसहित सम्मानित

खिचरा महोत्सवको समापनमा पत्रकारद्वय तुलमान गुरुङ र सन्तकुमार चौधरी नगदसहित सम्मानित
images

खैरहनी । आठौँ खिचरा महोत्सवको समापन समारोहमा चितवनका दुई पत्रकारलाई नगदसहित सम्मान गरिएको छ। थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ ले आयोजना गरेको महोत्सवको बुधबार भएको समापन समारोहमा पत्रकारद्वय सन्तकुमार चौधरी र तुलमान गुरूङलाई जनही दश हजारका दरले नगदसहित सम्मान गरिएको हो। महोत्सव अवधिभर मात्र नभई हरेक समयमा पत्रकारिता क्षेत्रमार्फत आवाजविहीनहरूको आवाजलाई बुलन्द पार्न सफल भएको भन्दै सम्मान गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए। 
 
प्रमुख अतिथिका रूपमा रहेका खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाँको हातबाट सम्मान प्रदान गरिएको हो। करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका सन्तकुमार चौधरी नेपाल नेटवर्क टेलिभिजनका लागि चितवन संवाददाता हुन् भने करिब एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका तुलमान गुरूङ चितवन पोष्ट दैनिकका संवाददाता हुन्। 
 
समग्र पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानसँगै आठौँ खिचरा महोत्सव सम्पन्न गराउनको लागि पनि विशेष भूमिका खेलेको आधारमा मूल्यांकन गरेर दुई पत्रकारलाई सम्मान गरिएको महोत्सव आयोजक संस्था थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ का सभापति चुडामणि चौधरीले जानकारी दिए। खिचराकै कारण चितवनका थारू समुदायलाई विश्वसामु चिनाउन सफल भएको उनले दाबी गरे। 

images
images

महोत्सवको समापन गर्दै खैरहनी नगरपालिकाका मेयर खनियाँले खिचरा महोत्सवकै कारण खैरहनी नगरपालिकाको गरिमा उँचो भएको बताए। ‘खैरहनीलाई चिनाउनको लागि खिचराले विशेष भूमिका खेलेको छ,’ उनले भने, ‘त्यसैले खैरहनीका लागि खिचरा र खिचराको लागि खैरहनी पर्यायवाची शब्द जस्तै बनिसकेको छ। ‘महोत्सवले समग्र नेपाली मौलिक संस्कृतिको विकासमा योगदान पु¥याएको उनले बताए। 

गत पुस २८ गतेबाट सुरू भएको महोत्सव बुधबार सम्पन्न भएको हो। कृषि प्रदर्शनीसहित १५० स्टल रहेको महोत्सवमा थारू खानाका परिकारहरूलाई समेत प्राथमिकताका साथ प्रदर्शनमा राखिएको थियो। २५ जिल्लामा बसोबास गर्ने थारू समुदायमा प्रचलित भेषभूषालाई समेत महोत्सवमार्फत प्रवद्र्धन गराउन सफल भएको आयोजक संस्थाका सभापति चौधरीले जानकारी दिए। चितवनका थारू समुदायले खिचरा पर्वको अवसर पारेर हरेक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ। 

महोत्सव अवधिभरमा विभिन्न खेलकुदका साथै खिचरा डान्स आइडल प्रतियोगिता भएको थियो। खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भएको महोत्सवका समाचार सम्प्रेषण समितिका संयोजक दीपेश चौधरीले जानकारी दिए।

images
प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - २३:२०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology