Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

तनहुँको म्याग्देमा चिस्यान केन्द्र बन्ने

तनहुँको म्याग्देमा चिस्यान केन्द्र बन्ने

images

बि.बि. श्रेष्ठ

४, माघ २०७९
तनहुँको म्याग्देमा चिस्यान केन्द्र बन्ने
images

म्याग्दे । म्याग्दे गाँउपालिका वडा न. ३ को विरुवा, खिरेडाँडामा कोल्ड स्टोरेज अर्थात चिस्यान केन्द्र वन्ने भएको छ । म्याग्दे गाँउपालिकाको मुल्यांकन समितीको निर्णय अनुसार पासा कन्ट्रक्सनले चिस्यान केन्द्र निर्माणको शुरुवात गरेको हो । आर्थिक वर्ष २०७९।०८० को ठेक्का नं ०३।०७९।८० वाट पासा कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

२०७९।९।१ मा सम्झौता भएको चिस्यान केन्द्र १ करोड ४७ लाख ४ हजार ६ सय सड्चालिस रुपैयामा वन्नेछ । हाल २ ढलान १९५.८४ स्कुवायर मिटरको वन्ने चिस्यान केन्द्रमा कृषकद्धारा उत्पादित फलफुल, तरकारी लगायतका वस्तुहरुलाई राखिने गाँउपालिकाले जनाएको  छ । कृषकद्धारा उत्पादित वस्तुको भण्डारणका लागी चिस्यान केन्द्र वनाईएको र त्यसले गर्दा कृषकहरु पुर्ण रुपमा लाभान्वित हुने पालिकाले जनाएको छ । 

२०० मेट्रिक टन भन्दा वढि क्षमता स्टोरेज गर्न सकिने गरि चिस्यान केन्द्रको निर्माण शुरु भईसकेको छ भने २०८०।३।२० भित्र विओक्यू मा उल्लेख भएका सम्पुर्ण कार्यहरु सम्पन्न गर्नुपर्ने कार्यदेशमा उल्लेख गरिएको छ । 

पालिका समृद्ध वनाउनका लागी उत्पादन र कृषिमा हाम्रो प्राथमिकता हो । कृषकले फलफुल र तरकारी उत्पादन गर्ने तर समयमा विक्री हुन नसक्ने समस्या टड्कारो छ । जसले गर्दा कृषकलाई सधै  वजार पाउन सक्ने अवस्था थिएन । उत्पादित वस्तु समयमा वेच्न नसक्ने हुदाँ सड्ने र वस्तु घाटामा वेच्नुपर्दा व्यवसायमा असर पर्ने देखिएकोले गर्दा चिस्यान केन्द्र मार्फत वस्तुको भण्डारण गर्न लागिएको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । कृषकलाई उत्पादनमा प्रेरित गर्ने वस्तुको वजारीकरणमा सहयोग गर्ने गरि पालिका अगाडी वढेको छ । चिस्यान केन्द्र निर्माण पछि कृषक आफैले उत्पादित वस्तुको भण्डारण र विक्री गरि आयआर्जनमा वृद्धि गर्नेछ, श्रेष्ठले भने । 

images
प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - २३:०३:४७ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology