Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नवउद्यमीलाई अर्थ र परामर्शको आवश्यकता

नवउद्यमीलाई अर्थ र परामर्शको आवश्यकता

नवउद्यमीलाई अर्थ र परामर्शको आवश्यकता
images

चितवन । युवाहरूले लगानीको सुरक्षाको प्रत्याभूति भए स्वदेशमै लगानी गर्न चाहेको बताएका छन्। त्यसका लागि आर्थिक पाटो सबैभन्दा मुख्य समस्या देखिएको छ। चितवन महोत्सव परिसरमा आयोजित मेड इन नेपाल एक्स्पोमा भएको छलफलका क्रममा युवाहरुले आर्थिक पाटोसँगै आवश्यक परामर्श सेवाको समेत आवश्यक परेको बताएका हुन्। 

images
images

नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको उक्त कार्यक्रममा लगानीको सुरक्षाको प्रत्याभूति भए युवाहरु स्वदेशमै लगानी गर्न चाहेका बोस्टन इन्टरनेशनल कलेजको बिआइसी स्टार्टअप प्रमुख प्रेम गैरेले बताए। युवालाई उद्यमी बन्न र बनाउनका लागि उत्साहित बनाउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए। लगानी गरिसकेपछि पनि राम्रो आम्दानी र लगानीको सुरक्षा प्रत्याभूति सरकारले गराउनुपर्ने उनको भनाइ छ। 

सरकारको स्पष्ट योजनाबिना नीजि क्षेत्रले मात्रै युवालाई रोक्न नसक्ने उनले बताए। बोस्टन कलेजले स्थापना गरेको इन्क्युवेशन सेन्टरले विद्यार्थीलाई उद्यमी बनाउन माहोल बनाएको छ। कलेजका ६० बढी विद्यार्थीले विभिन्न व्यापारिक क्षेत्रमा अध्ययन गरिरहेका छन्। 
सिद्धार्थ बैंक भरतपुरका शाखा प्रबन्धक सन्दीप बराकोटीले महिला उद्यमीलाई सरकारले अनुदानमा उपलब्ध गराउने ऋणको किस्ता तिर्ने समय बढाउनुपर्ने बताए। १५ लाख रुपैयाँ ऋण पाँच वर्षमा तिरिसक्नुपर्ने प्रावधान राख्दा महिनामै २८ हजारभन्दा बढी किस्ता तिर्नुपर्ने र त्यसले साना उद्यमीलाई धेरै भार पर्ने उनी बताउँछन्। 

युवा उद्यमी आफैमा विश्वस्त भई आफ्नो योजनाबारे स्पष्ट रुपमा राख्न सकेको अवस्थामा ऋण लिन कुनै समस्या नहुने उनको दाबी छ। हरेक बैंकले उद्योग व्यवसायमा लगानी गर्ने प्राथमिकता नै हुने भन्दै उनले व्यवसायीलाई गलत नजरले हेरेर बैंक अघि बढ्न नसक्ने बताए। 

‘बैंकले आर्थिक कारोबार मात्रै गर्दैन। उद्योग व्यवसायलाई कसरी निरन्तरता दिने र चुनौतीको सामना कसरी गर्ने भनेर उद्योगी व्यवसायीलाई तालिम पनि दिने गर्छ। हाम्रो बैंकले पनि उद्यमशीलताको विषयमा विज्ञता प्रदान गर्न गोष्ठी र सेमिनार जस्ता कार्यक्रम आयोजना गर्दै आएको छ’, उनले भने।

उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायमा आइपर्ने सम्भावित चुनौतीलाई नकेलाई उद्योग व्यवसायमा प्रवेश गर्दा समस्या आइ परेको बताए। ‘प्रमुख कुरा मार्केट रिसर्च एकदमै कम छ। कुनै एउटा व्यवसायमा सफल भएको व्यक्तिको पछाडि अरु व्यक्तिहरु दौडिने प्रवृत्ति छ। युवाले सम्भावनाको अध्ययन गरेर नयाँ क्षेत्रमा हात हाल्नुपर्छ’, उनले भने। 

उद्योग वाणिज्य संघले व्यवसायीलाई कर तथा कानुनी प्रक्रियाबारे तालिम दिँदै आएको उनी बताउँछन्। स्टार्टअप बिजनेशमा चुनौतीसँगै अवसर पनि सँगै मिल्ने बताउँदै उनले युवालाई स्टार्टअप बिजनेशमा लगाउन सरकार र गैरसरकारी संस्थाले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए। 

images
प्रकाशित मिति :माघ ३, २०७९ मंगलवार - २१:४०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology