Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

फोनिज चितवनका सचिव तुलमान गुरुङ सहित ७ जना पत्रकार पुरस्कृत

फोनिज चितवनका सचिव तुलमान गुरुङ सहित ७ जना पत्रकार पुरस्कृत

images

इच्छाकामना न्युज

२५, पौष २०७७
फोनिज चितवनका सचिव तुलमान गुरुङ सहित ७ जना पत्रकार पुरस्कृत
images

भरतपुर, २५ पुस । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) चितवनका सचिव एंव चितवन पोष्ट दैनिकका पत्रकार तुलमान गुरुङसहित सात जना पत्रकार पुरस्कृत भएका छन्। तमू (गुरुङ) सञ्चारकर्मी संघ केन्द्रीय समितिले शनिबार काठमाडौमा पुरस्कृत गरेको हो।received_738923446729661.jpeg पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट आईलाइट्स टुरिजमका क्रियटिभ डाइरेक्टर अनिता गुरुङ र रेडियो नेपालका कार्यक्रम उत्पादक अमरध्वज लामा (जनही २०/२० हजार), सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट इन्डिजिनियस टेलिभिजनका अनिता गुरुङ र नागरिक खबरका केशव गुरुङ (जनही पाँछ/पाँच हजार)बाट पुरस्कृत भएका हुन्। received_792204404840674.jpegआदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो अन्नपूर्णका दील गुरुङ (दस हजार), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट चितवन पोष्ट दैनिकका तुलमान गुरुङ (दस हजार),सिआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट नयाँपत्रिका गोरखा संवाददाता केशव गुरुङ (पाँच हजार) र तमू ल्होसार मूल आयोजक समिति तमू पत्रकारिता पुरस्कारबाट नयाँपत्रिका दैनिकका सिनियर उपसम्पादक दीपेन्द्र गुरुङलाई (दस हजार) प्रदान गरिएको हो। received_155449983013283.jpegनेपाल सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधी मन्त्री पार्वत गुरुङको हातबाट पुरस्कार प्रदान गरिएको हो। हरेक वर्ष ल्होसारको अवसरमा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष कोरोनाका कारण केही समय पछाडि धकेलिएको तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष रविन गुरुङले जानकारी दिए। सोही अवसरमा संघले प्रकाशन गर्दै आएको वर्ष पुस्तक गुरुङ न्युज डटकमसमेत लोकार्पण गरिएको थियो।

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - १९:५६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology