Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्देमा ३ करोड लगानी कालिज फर्म संचालन

तनहुँको म्याग्देमा ३ करोड लगानी कालिज फर्म संचालन

बि.बि. श्रेष्ठ

३०, पौष २०७९
तनहुँको म्याग्देमा ३ करोड लगानी कालिज फर्म संचालन
images

तनहुँ । ३ करोड लगानी गरेर म्याग्दे गाँउपालिका वडा नं ७, वरभञ्याङ खर्कमा कालिज फर्म संचालन भएको छ । २२ रोपनी जग्गामा शुरु गरिएको कालिज फर्म गण्डकी कृषि फर्मका ईन्द्र प्रसाद तिवारीले संचालन गरेका हुन् । 

images
images

१५ महिना अगाडीवाट शुरु गरिएको कालिज फर्ममा २५०० थान कालिज रहेको छ । गाँउमा नै कृषि र उत्पादनमा लागौ भनेर कालिज पाल्न शुरु गरेको हो । केही समय पछि तरकारी पनि लगाउने सोच वनाएको छु ।  संचालक तिवारीले वताउनुभयो ।

कालिजको अण्डालाई ह्याचरी गरि कालिज उत्पादन गरिएको तिवारीले वताए । उत्पादन भएको अण्डा सवै यहि उत्पादन  गरेका छौ । हरेक कालिजले अण्डा दिनका लागी कम्तीमा ६ महिना पर्खन पर्दछ, त्यसपछि मात्र यसले उत्पादन दिन्छ, तिवारीले वताए । 

कालिजलाई दाना र स्थानिय घाँस खुवाउँदै आएको छौ । जसले गर्दा कालिज अर्गानिक र स्वादिलो हुन्छ । प्रति कालिज २ हजार ५ सयमा भाले कालिन र १ हजार ८ सयमा पोथी कालिज विक्री गर्दे आएका तिवारीले वताए । अण्डाको प्रति क्रेट ९ सयमा विक्री हुन्छ । दैनिक ४ हजार वरावरको दानामा खर्च भएको वहाँले वताए । फर्ममा दैनिक १५०० सम्म अण्डा उत्पादन हुनेछ  । 

कृषकलाई अनुदानका क्रममा  पुगेका गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले सो गण्डकी कृषि फर्मको अनुगमन गरेका थिए । गरेमा सवै थोक हुन्छ, यसका लागी गर्ने आत्माविश्वास र हिम्मत चाहिन्छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागी पालिका सदैव तत्पर रहेको पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । 

२२ रोपनी जग्गामा शुरु गरिएको कालिज फर्ममा अण्डा र कालिज खरिदका लागी फर्ममा नै आउने संचालकले वताए । ठुलो लक्ष्यका साथ काम  गरिएको हुदाँ अझ वढि लगानी गर्ने सोच छ । अव कृषि फर्म पनि शुरु गर्ने योजना रहेको उनले वताए । सम्वन्धित निकायले व्यवसायिक रुपमा कृषि र व्यवसायिक फर्मका लागी सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने पनि तिवारीले वताए । 

images
प्रकाशित मिति :पौष ३०, २०७९ शनिवार - २०:५०:१८ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology