Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन महोत्सव : मेड इन नेपाल अवलोकन गर्ने बढे

चितवन महोत्सव : मेड इन नेपाल अवलोकन गर्ने बढे

इच्छाकामना न्युज

२९, पौष २०७९
चितवन महोत्सव : मेड इन नेपाल अवलोकन गर्ने बढे
images

चितवन । मेड इन नेपाल एक्स्पो २०७९ को अवलोकन गर्नेको संख्या दैनिक बढ्दै गएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार एक्स्पोको अवलोकन गरेपछि शुक्रबार अवलोकनकर्ताको संख्या बढेको नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए। 

images
images

एक्स्पोमा नेपाली उत्पादनको प्रदर्शन गरिएको छ। बिहीबारदेखि एक्स्पोमा उद्यमीहरु बीच छलफल तथा अन्तरक्रिया पनि हुन थालेको छ। शुक्रबार महिला उद्यमीहरु बीच अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागी महिला उद्यमीले व्यवसायमा सम्भावना र चुनौती दुवै रहेको बताएका थिए। 

यमाहा शो रुम भरतपुरकी प्रोप्राइटर सुनिता कर्मचार्यले हातमा गन्न सकिने महिला मात्रै यस व्यवसायमा लागेको बताइन्। परिवारको सहयोग पाए जस्तोसुकै व्यवसायमा महिला पनि सफल बन्न सक्ने उनी बताउँछिन्। ‘मेरो विचारमा पुरुषले गर्न सक्ने अनि महिलाले गर्न नसक्ने भन्ने केहि हुँदैन’, उनी भन्छिन्, ‘व्यवसाय गर्न चुनौती छ तर सम्भावना पनि छ। महिला भनेर आत्मबल घटाउनु हुँदैन।’ 

व्यवसाय गर्नको लागि सरकारले पनि वातावरण बनाउनुपर्ने बताउँछिन्। कोभिड महामारीपछि व्यवसाय सञ्चालनमा समस्या आएको भन्दै उनले व्यवसायी नरहेर सरकार रहन नसक्ने बताइन्। बैंकले बढाएको व्याजदरका कारण व्यवसायी समस्यामा परेको उनको भनाइ थियो। 

बिआईसी टेक्नोलोजी–टिगकी संस्थापक प्राथना साखा १९ वर्षको उमेरदेखि नै हेल्मेट व्यवसायमा लागेकी हुन्। यस व्यवसायमा लाग्दै गर्दा सुरुमा परिवार नै सशंकित बनेको उनले बताइन्। ‘यो जोखिमको काम हो। यो काम गर्न सक्दिनस् भन्नुहुन्थ्यो’, उनी भन्छिन्, ‘तर मैले परिवारलाई कन्भिन्स गर्न सकेँ। नेपालमै पनि व्यवसाय गरेर सफल भइन्छ भन्ने मलाई लाग्छ।’ 

नव उद्यमीलाई आइपर्ने चुनौतिको हल गर्न नेपाली युवा उद्यमी मञ्चले पनि सहयोग गर्ने गरेको उनी बताउँछिन्। नेपाली उत्पादनको प्रबर्द्धन गर्न र उद्यमीलाई समस्याबाट निकाल्न उद्यमी मञ्च राम्रो प्लेटफर्म भएको उनले बताइन्। 

बकेना बालबाटिकाकी संस्थापक प्रन्जना श्रेष्ठले व्यवसाय गर्दा वर्तमान अवस्थालाई मात्रै हेर्न नहुने बताउँछिन्। योजना अनुसार लगानी हुन सके सफल उद्यमी बन्न सकिने उनले बताइन्। व्यवसायमा आउन सक्ने चुनौतीको पनि आँकलन गर्नुपर्ने उनको भनाइ छ। कार्यक्रमको सञ्चारकर्मी प्रतिमा सिलवालले सहजिकरण गरेकी थिइन्।

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - २३:०९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology