Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन महोत्सवमा २०० जनाको स्वास्थ्य परीक्षण 

चितवन महोत्सवमा २०० जनाको स्वास्थ्य परीक्षण 

इच्छाकामना न्युज

२६, पौष २०७९
चितवन महोत्सवमा २०० जनाको स्वास्थ्य परीक्षण 
images

चितवन । चितवन महोत्सवस्थलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी चितवन र एनपिएल समाज कल्याण संस्थासँगको सहकार्यमा महोत्सव अवलोकनका लागि आउने व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलकाअनुसार स्वास्थ्य शिविरमा सुगर एवं रक्तचापको परीक्षण गरिएको थियो। 

images
images

त्यसैगरी, स्वास्थ्य शिविरबाट जुकाको औषधि, टाउको दुखेको औषधि तथा सिटामोल उपलब्ध गराइएको पोखरेलले जानकारी दिए। स्वास्थ्य कार्यालय चितवन र औषधि व्यवसायी संघ चितवनको सहयोगमा औषधिसमेत निःशुल्क वितरण गरिएको पोखरेलले बताए। महोत्सवस्थलभित्र २७ र ३० गते रक्तदान कार्यक्रम, २८ र २९ गते निःशुल्क दन्त परीक्षण तथा रक्तचाप परीक्षण तथा माघ ३ गते आँखा शिविर सञ्चालन गरिने पोखरेलले बताए। 

चितवन महोत्सव अवलोकनका लागि जाने जोकोही अवलोकनकर्ताले निःशुल्क स्वास्थ्य परीक्षण गराएर लाभ लिनसक्ने पोखरेलको भनाइ छ। स्वास्थ्य शिविरमा उपलब्ध औषधिहरु बिरामीलाई निःशुल्करुपमा प्रदान गरिएको समेत पोखरेलले जानकारी दिए।  

images
प्रकाशित मिति :पौष २६, २०७९ मंगलवार - १९:१९:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology