Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीमा संचालित मनकामना माई बहुउद्देश्यीय सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न

आँबुखैरेनीमा संचालित मनकामना माई बहुउद्देश्यीय सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न

इच्छाकामना न्युज

२४, पौष २०७९
आँबुखैरेनीमा संचालित मनकामना माई बहुउद्देश्यीय सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रहेको मनकामना माई बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीको आफ्नै भवनमा सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो । 

images
images

बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष भगवानदास मल्लले बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष हरिभक्त श्रेष्ठले आयब्यय बिवरण एंव आर्थिक वर्ष ०७९÷०८० को लागि कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको छ । ४ करोड ३९ लाख ७१ हजार रुपैंया शेयर पूँजी रहेको सहकारीको आर्थिक वर्ष ०७८÷०७९ को अषाढ मसान्त सम्म कुल निक्षेप (बचत) ३७ करोड ३४ लाख ७३ हजार ४ सय ४२ रुपैंया ३७ पैंसा र कर्जा लगानी तर्फ ३७ करोड २२ लाख ८१ हजार १ सय १२ रुपैंया रहेको छ । 

यस अवधिमा सहकारीले १ करोड २७ लाख ७७ हजार ७ सय ७५ रुपैंया ६० पैंसा मुनाफा गर्न सफल भएको बार्षिक प्रगती प्रतिबेदनमा उल्लेख गरिएको छ । सहकारीमा उत्कृष्ट कारोबारकर्ता ९ जना, ०७७ सालको एसईईमा शेयर सदस्यको परिवारबाट सर्बोउत्कृष्ट अंक ल्याउन सफल मस्र्याङ्गदी बाल ज्योती बोर्डिङ्गका ३ जना विद्यार्थी, सामुदायिक विद्यालय अन्तर्गत रामशाह माध्यमिक विद्यालका विपन्न तथा पिछडिएका ३ जना विद्याथी, मित्रता माविका २ जना विद्यार्थी, अन्नपूर्ण प्राविका २ जना विद्यार्थीलाई सम्मान गरिएको छ । 

यसैगरी, सहकारीका  उत्कृष्ट कर्मचारी इन्दिरा थापालाई समेत सम्मान गरिएको सहकारीले जानकारी दिएको छ । बार्षिक साधारण सभामा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिका पूर्व अध्यक्ष गिर बहादुर थापा, सहकारीका संस्थापक अध्यक्ष विपिन मल्ल, अध्यक्ष भगवानदास मल्ल, उपाध्यक्ष तुल नारायण श्रेष्ठ, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, रत्नकुमार श्रेष्ठ, सानुकाजी थापा लगाएतकाले मन्तव्य राखेका थिए।

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - ०९:५१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology