Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

समाज रुपान्तरणको लागी सहकारीको भुमिका महत्वपुर्ण : श्रेष्ठ

समाज रुपान्तरणको लागी सहकारीको भुमिका महत्वपुर्ण : श्रेष्ठ

इच्छाकामना न्युज

२३, पौष २०७९
समाज रुपान्तरणको लागी सहकारीको भुमिका महत्वपुर्ण : श्रेष्ठ
images

तनहुँ । व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’ ले समाज रुपान्तरणका लागी सहकारीको भुमिका महत्वपुर्ण भुमिका भएको वताउनुभएको छ । श्री दभुङ्ग वहुउद्येश्यीय सहकारी संस्थाको प्रथम सााधरणसभालाई सम्वोधन गर्दे अध्यक्ष श्रेष्ठले सो कुरा वताउनुभएको हो । 

images
images

समाजमा परिवर्तनका लागी सहकारी भरपर्दो माध्याम भएता पनि सहकारी आफनो उद्येश्यअनुरुप नचल्दा त्यसले समस्या पारेको छ । एकअर्काको सहकार्य मात्र समाज मा धेरै कुरा गर्न सकिने हुदाँ वहुउद्येश्यीय सहकारीको दायरा धेरै फराकिलो भएको समेत अध्यक्ष श्रेष्ठले वताउनुभयो । सहकारीले अव उत्पादन र कृषिमा जोड दिनुपर्दछ । नगरपालिकाले कृषि र उत्पादनमा जोड दिएको हुदाँ अव त्यसका लागी वडाले सकेको सहयोग गर्ने वताउनुभयो । अव सहकारीले सामुहिक खेतीमा जोड दिन, हाट वजार संचालन गर्न समेत आग्रह गर्नुभयो । 

संस्थाको अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रथम साधारणसभामा मानुङ्ग वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकाजी श्रेष्ठ, कण्टार चापाघाट खानेपानीका सचिव, वडासदस्य खिम वहादुर थापा, संस्थाको संस्थापक अध्यक्ष काजीमान श्रेष्ठ, पतेनी टोल विकास समितीका अध्यक्ष सुरेन्द्र पौडेल, सहसचिव आश्विन किशोर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा संस्थाका लेखा समितीका संयोजक विष्णुकुमार श्रेष्ठले लेखा प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन र सचिवले समग्र प्रतिवेदन पेश गरेका थिए । 

२५८ जना शेयर सदस्य रहेको वहुउद्येश्यीय सहकारीले तोरी मिल संचालनका लागी प्रक्रिया अगाडी वढाएको अध्यक्ष मोहन कुमार श्रेष्ठले वताए । सहकारी ऋण र वचतलाई मात्र प्राथमिकता नदिई उत्पादन र कृषिलाई जोड दिने अध्यक्ष श्रेष्ठले वताए । 

कार्यक्रममा उपाध्यक्ष तिर्थ कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने ऋण समिती संयोजक पदम कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेको थियो ।  कार्यक्रमको संचालन संस्थाको सचिव राजकुमार श्रेष्ठ विविले गरेका थिए । 

images
प्रकाशित मिति :पौष २३, २०७९ शनिवार - २०:१९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology