Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

सञ्चारकर्मी भूषण दाहाल र युवा उद्यमीबीच अन्तरक्रिया : ‘मेड इन नेपाल एक्स्पो’मा उत्कृष्ट उद्यमीले एक लाख पाउने

सञ्चारकर्मी भूषण दाहाल र युवा उद्यमीबीच अन्तरक्रिया : ‘मेड इन नेपाल एक्स्पो’मा उत्कृष्ट उद्यमीले एक लाख पाउने

images

इच्छाकामना न्युज

२३, पौष २०७९
सञ्चारकर्मी भूषण दाहाल र युवा उद्यमीबीच अन्तरक्रिया : ‘मेड इन नेपाल एक्स्पो’मा उत्कृष्ट उद्यमीले एक लाख पाउने
images

चितवन । चर्चित सञ्चारकर्मी भूषण दाहालसँग युवा उद्यमीले ‘मेड इन नेपाल एक्स्पो’ स्थलमा अन्तरक्रिया गरेका छन्। चितवन महोत्सवभित्र हुन लागेको मेड इन नेपाल एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। सोहि क्रममा सञ्चारकर्मी दाहालले नेपाली उत्पादनको प्रयोग सँगै ब्राण्डिङ गर्नमा पनि जोड दिएका हुन्। 

जुत्तादेखि टोपीसम्म नेपाली उत्पादन लगाएर कार्यक्रम स्थलमा पुगेका दाहालले नेपाली उत्पादनको प्रबर्द्वनका लागि सरकारी तहबाटै नीति बन्न नसकेको बताए। महोत्सवभित्र मेड इन नेपाल एक्स्पो पनि हुन लागेको कुराले आफुलाई आकर्षित गरेको भन्दै उनले नेपाली उत्पादनको प्याकेजिङलाई आकर्षक बनाउन पनि आवश्यक रहेको बताए । 

‘नेपाली उत्पादन विश्वसनिय र प्याकेजिङ पनि आकर्षक खालको हुनुपर्छ’, उनी भन्छन्, ‘नेपालमा जति पनि उत्पादन भएका छन्, तिनको ब्राण्डिङ भएको छैन।’ नेपाली उत्पादनहरु साच्चिकै गुणस्तरीय हुँदा पनि ब्राण्डिङ गर्न नजान्दा ओझेलमा पर्ने गरेको उनी बताउँछन्। नेपाली उत्पादनको प्रवर्द्वनका लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि जनाए। 

मेड इन नेपाल एक्स्पोमा ४० वटा स्टल रहने छन्। सबै स्टलमा नेपाली उत्पादन हुने भएकाले यसलाई महोत्सवकै आकर्षकका रुपमा लिइएको छ। एक्स्पोको प्रायोजकमा हाइलाइफ र बिग मास्टर रहेका छन्। नव उद्यमीले मात्रै १० वटा स्टल बुक गरेको एक्स्पोको आयोजक युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए। 

‘नेपाली उद्यमीले उत्पादन गरेको बस्तुको प्रबद्र्धनका लागि एक्स्पोको आयोजना गरेका हौँ। उत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कार पनि दिन्छौँ’, उनले भने, ‘पुरस्कारका लागि नयाँ उद्यमीहरुबीच प्रतिस्पर्धा हुन्छ।’ एक्स्पोमा नयाँ उत्पादन लन्च गर्न र विभिन्न उत्पादनमा विशेष अफर सार्वजनिक पनि गर्न सकिने उनले बताए। नेपाली उत्पादनले बजार पाउन सके हरेक दिन विदेशीने डलर स्वदेशमै रोकिने उनी बताउँछन्।

images
प्रकाशित मिति :पौष २३, २०७९ शनिवार - २०:१६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology