आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले परम्परागत आरन सञ्चालक पुड्के विश्वकर्मालाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाले एक कार्यक्रमकाबीच परम्परागत आरनलाई आधुनिकीकरण गरी घरेलु सीपलाई उद्यममा विकास गर्न सहयोग पुर्याएको भन्दै मंगलबार नगद २० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो।
चितवनको कालिका-४ स्थायी ठेगाना भएका पुड्के हाल आँबुखैरेनी-५ तनहुँमा आरन चलाउँदै आएका छन्। आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याललगायतको उपस्थितिमा विश्वकर्मालाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो।