Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै अपेक्षा पनि बढे 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै अपेक्षा पनि बढे 

सिआईएन

१९, पौष २०७९
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै अपेक्षा पनि बढे 
images

अविनाश आचार्य, पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै अपेक्षा पनि बढेका छन् । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुनु राम्रो कुरा भए पनि सञ्चालनमा बेलैदेखि ध्यान दिन नसके ऋण लिएर बनाएको यो विमानस्थलले आर्थिक समस्या पनि निम्त्याउन सक्ने जोखिम देखिएको छ ।

images
images

करिब २७ अर्ब रुपैयाँ खर्चेर बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि चीनसँग २२ अर्ब रुपैयाँ ऋण लिइएको छ । २० वर्षभित्र तिरिसक्नुपर्ने ऋणको ७५ प्रतिशत अंशमा वार्षिक दुई प्रतिशत ब्याज लाग्छ ।

अर्थविद् रामेश्वर खनालले यो विमानस्थल प्रयोग गर्नेहरूको सङ्ख्या बढाउन थप लगानी गर्न सके राम्रै प्रतिफल दिन सक्ने बताउनुभयो । गएका ५७ वर्षमा नेपालमा बाह्य पर्यटकको सङ्ख्या वार्षिक करिब १० प्रतिशतले बढेको छ । पर्यटकको बढ्दो चाप धान्न अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको र त्यसका लागि पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्जिवनी सरह बन्ने केही विज्ञको धारणा छ । 

images
प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - ०९:१२:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology