Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी, सभामुख नबन्ने

राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी, सभामुख नबन्ने

images

इच्छाकामना न्युज

१८, पौष २०७९
राष्ट्रपतिमा सुवास नेम्वाङको दाबी, सभामुख नबन्ने
images

काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा दाबी गर्नुभएको छ । गठबन्धनको भागबन्डामा एमालेले राष्ट्रपति लिने सहमति भएको छ। राष्ट्रपति एमालेको भागमा परेसँगै नेम्वाङले आफ्नो दाबी गरेको स्रोतको दाबी छ। उनले आफू सभामुख भने नबन्ने स्पष्ट पारेका छन्।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै एमालेको भागमा राष्ट्रपति र सभामुखसमेत परेको छ। प्रधानमन्त्री र सभामुख भने एमाले र माओवादी केन्द्रले साढे २ वर्ष आलोपालो गर्ने सहमति भएको बताइएको छ।

चार पटकसम्म सभामुख भइसकेकाले फेरि सभामुख बन्न इच्छुक नरहेको नेम्वाङले पार्टीमा बताइसकेका छन्। नेम्वाङ २०६३ देखि २०७२ सम्म ४ पटक सभामुख र २ पटक संविधान सभाको अध्यक्ष भइसकेका छन्।

 

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०८:४३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology