Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनामा पनि अनेरास्ववियुको संगठन विस्तार, अध्यक्षमा अभिशेक गुरुङ चयन

इच्छाकामनामा पनि अनेरास्ववियुको संगठन विस्तार, अध्यक्षमा अभिशेक गुरुङ चयन

images

इच्छाकामना न्युज

१७, पौष २०७९
इच्छाकामनामा पनि अनेरास्ववियुको संगठन विस्तार, अध्यक्षमा अभिशेक गुरुङ चयन
images

कुरिनटार । अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन हुनुभएको छ । आइतबार सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारमा सम्पन्न प्रथम गाउँ कमिटी सम्मेलनले गुरुङको नेतृत्वमा १७ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो ।

सम्मेलनले उपाध्यक्षमा बिमा गुरुङ, सचिवमा सिजन सापकोटा, सह–सचिवमा अनिस थापा र बसन्त भण्डारी, कोषाध्यक्षमा अनित गुरुङलाई चयन गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी सदस्य तथा इच्छाकामनाका इन्चार्ज सुवास गुरुङले जानकारी दिनुभयो । साथै प्लस टु इन्चार्जमा आकाश गुरुङलाई चयन गरिएको छ ।

जिल्ला कमिटी सह–संयोजक हरि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा जिल्ला सदस्य तथा इच्छाकामनाका इन्चार्ज सुवास गुरुङ, सप्त गण्डकी क्याम्पस कमिटीका सदस्य कुशल ढकाल लगायतको आतिथ्यता रहेका थिए ।

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - २१:४९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology