Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तरकारीको बिरुवा बेचेर मनग्य कमाइ गर्दै पाल्पा रामपुरका किसान

तरकारीको बिरुवा बेचेर मनग्य कमाइ गर्दै पाल्पा रामपुरका किसान

रासस

१९, मंसिर २०७९
तरकारीको बिरुवा बेचेर मनग्य कमाइ गर्दै पाल्पा रामपुरका किसान
images

रामपुर । सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।

images
images

रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान दुवाडीले उत्पादन गरेको प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गर्न पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाबाट बर्सेनि ग्राहक आउने गर्दछन् । प्याज, काउली, बन्दाजस्ता बिरुवा बेचेर एकयाममै लाखौँ रकम कमाउन सकिने भएपछि उनले यो व्यवसायलाई २२ वर्षदेखि धान्दै आएका छन्। करिब एक रोपनी जग्गामा बिरुवा उत्पादन गरेका दुवाडीले यस पटक रु दुई लाख ५० हजार बराबरको आम्दानी हुने बताउँछन्।

“प्याज, काउली, बन्दाको माग धेरै छ, मागअनुसार पु¥याउन सकस छ, ग्राहकको भीडले एकछिन फुर्सद छैन”, उनले भने, “मङ्सिर सुरु भएदेखि समयमा नै खाना खान पनि भ्याइएको छैन, बिरुवा उखेल्ने बेच्ने काममा दैनिकी बितेको छ ।” सानो लगानीमा रु तीनदेखि चार महिनामा लाखौँ कमाउन सकिने हुँदा लामो समयदेखि यस व्यावसायमा निरन्तर लागिरहेको दुवाडी बताउँछन्। यस पटक बीउ खरिद, मलजलसहित करिब रु ३० हजार नर्सरीमा लगानी परेको छ ।

“लगानी धेरै गर्न नपर्ने, थोरै लगानीमा परिवार साथमा घरमै बसेर राम्रो कमाइ भइरहेको छ, ध्यान दिएर काम गरियो भने सफलता पाइने रहेछ, धेरै टाढाबाट ग्राहक बिरुवा लिन खोज्दै आउँदा व्यवसायमा उत्साह बढेर आउँछ”, उनले भने। उमेरले उनी ६१ वर्ष पुगे पनि बिरुवा उत्पादनमा उनको जोँश, जाँगर जवानीकै जस्तो देखिन्छ । बिरुवा हेरचाह रेखदेख र बिक्री गर्दै उनको दिन बित्ने गरेको छ । बिना तालिम उनले सो व्यवसाय अगाडी बढाउँदै जाँदा अहिले सफल र उदाहरणीय व्यवसायीको रुपमा चिनिएका छन्। अहिलेसम्म कुनै सङ्घ संस्था, निकायबाट सहयोग भने उनले पाएका छैनन्। समयानुसार विभिन्न जातका बिरुवा उत्पादन गर्छन्।

व्यावसायिकरुपमा बिरुवा उत्पादन गर्न थालेपछि दिनहुँ हातमा दाम र समाजमा राम्रंो पहिचान बनेको उनकी श्रीमती मतिकला दुवाडी बताउँछिन् । काठमाडौँ, पोखरा, गोरखा, चितवन, बुटवलमा पनि बिरुवा पठाएका छन् । दुवाडीले उत्पादन गरेको बिरुवा राम्रो हुने भएकाले विभिन्न जिल्लाबाट ग्राहक खरिद गर्न आउने गरेको पाइएको छ । पाल्पाको निस्दी गाउँपालिका–१ डमराका यामबहादुर खाणले बर्सेनि यहीँबाट प्याज, काउली, बन्दा, गोलभेँडाको बिरुवा खरिद गरेर लैजाने गरेको बताउँछिन्।

“अन्य ठाउँको तुलनामा यहाँ उत्पादन भएको बिरुवाले राम्रो फल दिने गरेकाले हरेक वर्ष यसै समयमा टाढा भए पनि गाडीमा नर्सरीमै आएर बिरुवा खरिद गर्ने गरेको छु, राम्रो बिरुवा भएकाले रोपेपछि म¥यो, फल लागेन भन्ने पिरलो छैन”, उनले भनिन् ।

व्यवसायमा निरन्तर लागियो भने सफलता पाइन्छ भनेझैँ तरकारीको बिरुवा उत्पादन गरेर एक उदाहरणीय पात्र बनेका छन्, दुवाडी दम्पत्ति । उनको व्यावसाय देखेर अहिले छिमेकीले बिरुवा उत्पादन प्रविधिबारे ज्ञान सीप सिक्न आउने गरेका छन् ।

रामपुर–५ बसपार्क बस्ने सिर्जना मरासिनीले पनि १५ वर्षदेखि बिरुवा उत्पादन गर्दै आएकी छन् । हरेक वर्ष काउली, बन्दा, गोलभेँडा, प्याज, लहेरबाली, काक्रालगायतका समयानुसार विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गर्छिन् । एकयाममै उहाँले बिरुवा बेचेर रु एक लाख बराबरको कमाइ गर्छिन् । हालैमात्र रु ७० हजार बराबरको काउली, बन्दा, प्याज बिक्री गरिरहेकी छन्।

कम लगानी र मेहनतमा लाखौँ कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनलाई जोड दिएका हुन् । तरकारी उत्पादनको तुलनामा बिरुवाबाट धेरै फाइदा हुने गरेको कृषक बताउँछन् । छोटो समयमा थोरै लगानीमा सिजनअनुसार विभिन्न जातका बिरुवा उत्पादन गरेर लाखौँ आयस्रोत भित्रन थालेपछि आर्थिक क्षेत्रमा कृषक अब्बल बन्दै गएका छन् ।

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - १०:२३:४६ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology