Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

सहकारी

साना किसान कृषि सहकारी दारेचोकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, गत आवमा झण्डै ४३ लाख खुद नाफा गर्न सफल

साना किसान कृषि सहकारी दारेचोकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, गत आवमा झण्डै ४३ लाख खुद नाफा गर्न सफल

images

इच्छाकामना न्युज

१८, मंसिर २०७९
साना किसान कृषि सहकारी दारेचोकको १६ औं वार्षिक साधारण सभा सम्पन्न, गत आवमा झण्डै ४३ लाख खुद नाफा गर्न सफल
images

कुरिनटार । साना किसान कृषि सहकारी संस्था लिमिटेड दारेचोकको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्य तथा सहकारीका उपाध्यक्ष बलराम त्रिपाठीको सभापतित्त्वमा चितवनको इच्छाकामना ४ कुरिनटार स्थित सर्वशान्ति माध्यमिक विद्यालयमा साधारण सभा सम्पन्न भएको हो ।

सहकारीका प्रबन्धक रामजी नेपालका अनुसार आ.व. २०७८/७९ मा सहकारीले  ४२ लाख ९८ हजार खुद नाफा आर्जन गरेको छ ।
हाल सम्म सहकारीको शेयर पुँजी  १ करोड २० लाख रहेको छ । निक्षेप रु ८ करोड ३७ लाख रहेको छ । ५ करोड ३५ लाख ऋण तिर्न बाँकी रहेको प्रबन्धक नेपालले बताउनुभयो ।

संस्थाको जगेडा कोष भने  १ करोड ७९ लाख रहेको उहाँले बताउनुभयो । संस्थाको लगानी भने १४ करोड ६५ लाख रहेको छ । हाल सम्म सहकारीमा एक हजार ६ जना शेयर सदस्य रहेको छ ।

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - ०९:१५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology